• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. उखु किसानले पाए ९२ प्रतिशत भुक्तानी, अनुदान पनि असार २५ भित्र

नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • मदन शर्मा, बुटवल । पछिल्ला केही वर्ष यता नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढ्दै जान थालेपछी चिकित्सा विज्ञानका निम्ति मुख्य चासोकोे विषय मात्र होईन विश्वव्यापी रूपमै चुनौतीको विषय बनिरहेकोे छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह, दम, अल्जाईमर, नशा रोग, श्वासप्रश्वास सम्बन्धी रोग, मिर्गौला रोग लगायत पर्छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा कुल मृत्युदर मध्य ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । विश्वमा नसर्ने रोगको प्रकोप बढिरहेको अबस्थामा नेपालमा पनि यसको प्रकोप तिव्र गतिमा वृद्धि भइरहेको छ । नेपालमा सन् २०१८ मा भएको कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोगबाट भएको थियो । जसमा मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वासप्रश्वास सम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत रहेको थियो । साथै, अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।नसर्ने रोग तथा समस्या मध्य मुटु सम्बन्धी रोग र समस्या अत्याधिक रहेको छ । प्रदेश नं ५को स्वास्थ्य र्निदेशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ९१ ह्जार १ सय ७५ जनामा मुटु रोगको समस्या देखिएको छ । जसमध्य उक्त रक्तचाप हुनेको संख्या अत्याधिक ८६ हजार ३ सय ५१, मुटु रोगका बिरामीको संख्या १ हजार १ सय ५३, हृदयघात हुनेको संख्या १ हजार ९ र अन्य मुटु सम्बन्धी समस्या रहेकाको संख्या २ हजार ६ सय रहेको निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मिले जानकारी दिनुभयो । यो तथ्यांक प्रदेशको स्वास्थ्य र्निदेशनालयमा रिपोर्ट गरेका सरकारी तथा निजी स्वास्थ्य संस्थाको मात्र हो । यद्यपी मुटु सम्बन्धी समस्या अझै बढी हुन सक्ने उहाँको दावी छ । नसर्ने रोगका कारण मृत्यु हुनेमा ३० देखि ६९ वर्षसमुहका मानिस बढी रहेका छन् । यसमा पनि प्रायः निम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् । बुटवलको गौतम बुद्ध सामुदायीक मुटु अस्पतालका वरिष्ट मुटु रोग विशेषज्ञ डा समिर गौतमका अनुसार साना बालबालीकामा जन्मजात मुटु रोगको समस्या बढी हुने, युवावस्थामा मुटुको भाल्भ सम्बन्धी समस्या बढी हुने र वृद्धावस्थामा हृदयघातको समस्या बढी हुने गर्दछ । तर पछिल्लो समयमा हृदयघातको समस्या वृद्धावस्थामा मात्र सिमीत नभई युवावस्थामा पनि देखिएको उहाँको भनाई छ ।
    युवावस्थामा मुटु रोग लाग्नु र यस सम्बन्धी समस्या देखिनुको पछाडी मुख्य ३ कारण रहेको डा समिरको भनाई छ । पहिलो धुम्रपान, दास्रो मानसिक तनाव र तेस्रो आफ्नो शरीर प्रतिको व्यवास्था । धुम्रपानले रगत बग्ने नशालाई साँघुरो बनाई उक्त रक्तचापलाई बढावा दिनेभएकाले मुटुलाई काम गर्न गाह्रो हुन्छ । यसले हृदयघातलाई निम्त्याउने गर्छ । मानसिक तनावले शरीरमा हर्मोनल गतिविधिलाई बढाएर कोलेस्ट्रोल, टिजी लगायतलाई बढाउने हुँदा हृदयघातको उच्च जोखिम हुने गर्छ । शरीरिक बेवास्था भन्नाले के बुझिन्छ भने हाम्रो जस्तो विकाशोन्मुख देशमा नियमित शरीरिक चेकजाँच गर्ने बानीको अझै विकास भईसकेको छैन । सामान्यतया शरीरमा केही ठूलो समस्या नदेखिकन अस्पताल नजाने बानीले पनि यस्ता खतरनाक रोगलाई बढावा दिईएको छ ।विश्वव्यापिकरण, शहरीकरण, जनसंख्या बृद्वि, तथा जीवनशैलीमा आएको परिवर्तन तथा बातावरणीय प्रदुषण लगायतका कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गैरहेको छ । यी कारणले गर्दा नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा देखा परिरहेको छ । मुटु अस्पालकै अर्का स्वास्थ्यकर्मि सुमन तिमलसिनाले मुटु सम्बन्धी समस्यालाई निम्तीनै नदिन दैनीक १ घण्टाको शारीरिक व्यायाम गर्ने, धुम्रपान मध्यपानको जीवनशैलीलाई सुधार गर्ने, अत्याधिक तनाव नलिने, नियमित चेकजाँच गरी शारीरिक अवस्थाको बारेमा जानकार रहने, औषधिको प्रयोग गर्दा डाक्टरको सल्लाह बमोजीम मात्र प्रयोग गर्ने बताउनुभयो । सरकारले मुटु रोग संगसंगै अन्य नसर्ने रोगका लागि विशेष गृहकार्य पनि नगरेको होईन । मृगौला, क्यान्सर लगायतका रोगका बिरामीलाई अनुदान पनि दिने गरिएको छ । प्रदेश ५को सामाजीक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत शैलेन्द्र पाण्डेका अनुसार नसर्ने रोगको हकमा सेवासुविधा दिने स्वास्थ्य संस्थालाई अनुदान दिने कार्यक्रम संचालनमा रहेको छ । त्यस्तै प्रदेश भित्रका १२ वटै जिल्लामा स्वास्थ्य संस्थाको टिममार्फत स्क्रिनीङको कार्य पनि गरिरहेको जानकारी दिनुभयो । त्यसैगरी अर्को मुख्य गृहकार्य भनेको नसर्ने रोगको जोखिमयुक्त ठाउँमा जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोगमा विशेष स्वास्थ्य शिविर पनि नियमित रुपमा संचालनमा राखिएको उहाँको भनाई छ । सो शिविरको अवधिमा उपचार संभव हुनेलाई उपचार गरिएको र संभव नभएकालाई उपयुक्त ठाउँमा रिफर गरिएको पनि उहाँले बताउनुभयो ।

    Advertisement

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation