सलिम अन्सारी,प्युठान। प्युठानको सरुमारानी गाउँपालिका ४ स्थित बड्ड्डा बजारअगाडि चोकमा शुक्रबार सर्वसाधारणको राम्रै जमघट थियो । राउटे समुदायले निर्माण गरेका काठका सामग्री हेर्न त्यहाँ बसका यात्रु देखि सर्वसाधारणको जमघट थियो ।राउटेले बनाएका सामग्रीमा त आकर्षण थियो नै, सँगसँगै आफ्नै भेषमा आएका राउटेसँग तस्बिर खिच्न तँछाडमछाड गर्नेको पनि कमि थिएन ।जंगलमा बस्दै आएका अल्पसंख्यक राउटेहरू आफूले बनाएका काठका सामग्री बेच्न घुम्दै फिर्दै प्युठान आएका छन् ।फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले पहिलोपटक यसरी काठका सामग्री बेच्दै पहिलोपल्ट सुर्खेतबाट प्युठान आएको बताए । राउटेहरूका मुखिया सुरेन्द्र शाही सहितको चार जनाको टोली काठका भाडां बोकेर बेच्न प्युठान आएका हुन । उनिहरुले करिब ३ हजारका काठका भाँडा बेचेका छन् । केहीले तस्बिर खिचाए बापत उनीहरूलाई सहयोग पनि दिएका छन् । ‘धान, चामल छैन । धेरै गाह्रो छ,’ राउटे ३२ बर्षीया दल बहादुर शाहीले भने,’ माटोका भाडा बेच्न सुर्खेतबाट हिडेको दुई दिन भयो,’ ‘यो पैसा लगेर जनतालाई बाँड्ने हो’ राउटेका मुखिया शाहिले भने,’खानेकुरा किन्न पर्यो नि,सरकारले दिएको पैसाले मात्र कहाँ पुग्छ’ उनीहरूले यहिबाट काठे समान बिक्री गरेर फर्किने बताए । खाद्यान्नको जोहो गर्ने उपायको खोजीमा काठका भाडा बेच्दै दाङ,काठमाडौ,पोखरा लगायतका शहरमा समेत पुग्ने शाहिले सुनाए।
काठका भाँडा बेच्न प्युठान आईपुगे राउटेहरु
काठका भाँडा बेच्न प्युठान आईपुगे राउटेहरु
Advertisement
तपाईको प्रतिक्रिया