सनिउल्ला धोबी ,कपिलवस्तु । कपिलवस्तुमा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माले निकै मेहनतका साथ बनाएको घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा गर्नका लागि तल्लीन अवस्थामा थिए । विहानै घरको सरसफाई गरी चिटिक्का पारियो । आफन्तजन समेत घरमा आए । घरमा सबै एक ठाँउमा जम्मा भएका अफान्तहरु एक आपसमा खुशियाली सटासाट गरि रहेका थिए ।
घरको पुजा गर्ने ठाँउ समेत लिपपोत गरी सफा सुग्घर बनाइएको थियो । घरको पुजा गर्न भनी तमझाम गरिएको अवस्थामा विहान १० बजे पुजा गर्नका लागि पण्डित आए । पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बहान बनाई पुजाघरवाट बहिरा निस्कीए । एकै छिनमा आउछु भन्दै पुजारी निस्कीए । करिब १ घण्टा कुरेपछी पण्डित फिर्ता नआएपछी एकाएका पण्डित भागेको खबर बहिरा आयो । घरको एक सदस्यका अनुसार ब्राहमण पण्डितले दलितको घरमा पुजा गर्न हुदैन भन्दै गएको बताए । पुजारी भागेपछी पुजा कार्य केही समय अलपत्र परेको थियो । पछि अर्कै पण्डित बोलाई पुजा कार्य विधिवत रुपमा सम्पन्न गरियो । यो घटना शनिबार भएपनि आज मात्र बहिरा आएको हो । पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडितले बताएका छन । पुजारी भाग्नु गलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन । अहिले मावन छुवाछुत अन्त्य भएको छ । यही कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनि कार्वाही हुनु पर्ने चन्द्रौटाका मेनाज खानले बताउनु भयो ।
नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीले बताउनु भयो । घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजामा प्रदेश सभा सदस्य, नगर प्रमुख, वडा अध्यक्ष लगायतको सहभगीतामै पण्डित भगेको थिए । सो घटनालाई समासुन पार्नका लागि यस कपिलवस्तुका उच्च ओहदाका व्यक्ती लागे पनि यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव परेको छ । यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कर्वाही हुनु पर्ने आम समुदायको माग रहेको छ ।
दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागे
दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागे
Advertisement
तपाईको प्रतिक्रिया