• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नेपाल विद्यार्थी संघ शुन्यता अन्त्य गरि महाधिबेशन उन्मुख हुनु आजको आवश्यकता


  •   बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
  • -किशोर गैरे। नेपाल विद्यार्थी संघको स्थापनाकाल देखि नै संघले राज्यको अनेकौ दमन र अत्याचारको सामना गर्दै बर्बर शासनको मुक्ति सहित नेपालमा प्रजातान्त्रिक ब्यबस्थाको पुनर्स्थापनाका लागि सदैब कृयाशिल यस संघले हरेक प्रतिकुल अवस्थाको सामना गरेको छ। ठुला ठुला सामन्त, निरंकुश शासनहरुका लागि टाउको दुखाइ बनेको नेपाल विद्यार्थी संघ र यसको प्रजातान्त्रिक संघर्षलाई निमित्यान्न पार्नका लागि अनेकौ षड्यन्त्र अनि प्रहरी कार्वाहीहरु भए। धेरै बिद्यार्थीहरुले आफ्नो जिवनको अन्तिम लक्ष्य नै प्रजातन्त्रको स्थापनाको लागि लहुले कलम र मसाल अन्कित रक्तरन्जित झण्डाको मान, सान र स्वाभिमान कायम गरे । लिला,ठगी, कामेश्वर, कुशेश्वर लागायतका अनेकौ बिद्यार्थी सहिदहरुले आफ्नो जिवनलिला नै समाप्त पारी नेपाल विद्यार्थी संघलाई चलायमान राखेका हुन। हिजो पन्चायतकालमा गाउँ गाउ, टोल टोल, क्याम्पस क्याम्पस, स्कुल स्कुलका बिद्यार्थीहरुले नेबि संघको झण्डा लिएर प्रजातन्त्र प्राप्तीको आन्दोलनमा होमिएकै कारणले गर्दा नेपाल विद्यार्थी संघ भनेसि आज पनि हरेक विद्यार्थीको छाती फुलेर आउँछ र गर्बका साथ ” जय नेपाल!” भन्दछ्न। नेपाल विद्यार्थी संघले प्रजातान्त्रिक संघर्षको मोर्चामा अग्राणी भुमिका निर्वाह गर्दै प्रहरीको गोलि र दमनको सिकार हुँदै गर्दा आफुलाइ कम्युनिस्ट विद्यार्थी भनेर चिनाउने संगठनका साथीहरु पन्चे गृहमन्त्री लाई प्रमुख अतिथि बनाइ कार्यक्रम गर्दै थिए। नेपाल विद्यार्थी संघको ईतिहास पन्चायती ब्यबस्थाको विरुद्ध प्रजातान्त्रिक संघर्ष देखि निरंकुश राजतन्त्रको अन्त्य देखि लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा नेपाल विद्यार्थी संघ १२ औ महादिबेशनको सहकसमा रोमलिएको छ।हिजो अतिनै प्रतीकुल अवस्थामा पनि आफ्नो संघको गतिविधि सन्चालान गर्दै पन्चायत कालमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचान गराउन सफल नेपाल विद्यार्थी संघ आजको दिन सम्म आइपुग्दा आफनै महादिबेशन गराउन न सकि बिगठन भएको छ। के लिला ठगी कामेश्वर कुशेश्वरले आफ्नो जिवनको आहुती दिएको आज यहि दिन देख्नका लागि हो त? नेपाल बिद्यार्थी संघले प्रजातन्त्र प्राप्ती सहित अनेकौ विद्यार्थी समस्याहरु सहित समसमायिक समस्या र मुद्दाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै नेपालको राजनैतिक परिवर्तनमा जति नेपालका दलहरुको भुमिका रहेको छ, उति नै नेपाल विद्यार्थी संघको भुमिका रहेको छ। नेपाल विद्यार्थी संघले सदैब आआफ्ना एजेन्डाहरुलाई प्रष्ट सङ्ग विद्यार्थीहरु माझ प्रस्तुत गर्दै आएको छ। नेपालका कम्युनिस्टहरु जनता मतलाई तिरस्कार गरि सत्ता र शक्ति बन्दुकको नाल बाट प्राप्ती हुने भन्दै रोल्पा रुकुमका कुला कन्दराहरुमा भरुवा बन्दुक पड्काउदै गर्दा नेपाल विद्यार्थी संघ मात्र त्यस्तो संघ हो जस्ले काठमाडौका गल्ली गल्ली चोक चोकमा राजतन्त्रको सन्दर्भिता कति भनेर बहस चलाउने संगठन हो, पार्टीलाई पनि समय कालको आवस्यकता अनुसार गतिशिल हुनका लागि सदै झकझकाउने हाम्रो ने बि संघ नै आज बिगठन भएको छ। नेपाल विद्यार्थी संघको १२ औ महादिबेशन नहुनु भनेको नेबि संघको नेतृत्वलाई मात्र अनिर्णयको बन्दी बनाएको होइन, सम्पुर्ण विद्यार्थी अन्दोलन अनि आम विद्यार्थीहरुको बिश्वासलाई बन्दी बनाइएको हो। यसले गर्दा पार्टी सहित लोकतान्त्रिक अन्दोलन र परिवर्तनको नेतृत्वदायी संघ प्रती बिश्वास राख्ने लाखौ विद्यार्थीहरुको आस्थालाई बन्दी बनाइएको हो। लाखौ विद्यार्थीहरु को आस्थालाई बन्दी बनाउनु भनेको लोकतान्त्रिक अभ्यासलाई बन्दी बनाइएको हो। कसैको आस्थालाई कसैको स्वार्थका लागि बन्दी बनाइनु कहाँ सम्म सहि हो। बिचार लाखौ विद्यार्थीले गरिरहेका छ्न। हिजो देशको प्रजातान्त्रिक ब्यबस्थाका लागि ज्यान दिने संघ आज आफ्नो संघको १२औ महादिबेशन गराउन नसकेर ६-७ महिना बाट नेतृत्व बिहिन भएको छ। यसको जिम्मेवारी निबर्तमान समिती सहित सिङ्गो नेपाली काङ्ग्रेसले लिनु पर्छ। कोहि आफू प्रतीकुल नेतृत्व आउने सम्भावना देखेसी पूरा संघलाई नै बिगठन हुन दिनु भनेको अपराध हो। यस अपराध बाट उन्मुक्ति हुने छुट कोहि कसैलाइ छैन, लाखौ विद्यार्थीले हेरिरहेका छन। यथाशीघ्र पार्टीले यो नेबि संघको सुन्यतालाई भर्दै नया नेतृत्व तदर्थ समितिका नाम दिनु आवश्यक छ, साथै अब बन्ने तदर्थ समितीले हिम्मतका साथ ५-६ महिनामा नेपाल विद्यार्थी संघको १२ औ महादिबेशन गरि विद्यार्थी आन्दोलनलाई गतिशिलता दिदै लाखौ विद्यार्थीहरुको आफ्नो नेतृत्व आफै चुन्न पाउने अधिकारको रक्षा गर्नु पर्ने देखिन्छ। होइन भने इतिहासले कसैलाइ माफ गर्ने छैन। हिजो देशमा लोकतन्त्र स्थापनाका लागि संघर्षत हाम्रो संघका लाखौ विद्यार्थीहरु आन्तरिक लोकतन्त्रको रक्षार्थ संघर्ष गर्न बाध्री हुने छ्न। नेपाल विद्यार्थी संघलाई निकास दिनु आज को पार्टी नेतृत्वको प्रमुख दायित्व हो किन भने पार्टीका सबै नेतृत्वदायी नेतागण हरु नेपाल विद्यार्थी संघकै मार्फत आज त्यो तह र तप्काको नेतृत्व गर्न सफल भएको त हामी सबैलाई थाहा नै छ। आज आफैले कुनै बेला नेतृत्व गरेको संघलाई यो अवस्थामा अनिर्णयको बन्दी बनाउने अधिकार कहि कसैलाइ छैन। यथाशीघ्र नेपाल विद्यार्थी संघको तदर्थ समिती गठन गरि १२ औ महादिबेशनको तयारी गरौ। नेतृत्व त टीका प्रथाबाट आउला तर बिचार, एजेन्डा अनि कार्यदिशाको निर्धारण महादिबेशनले मात्र दिन सक्छ। त्यसैले नेबि संघको बर्तमान शुन्यता अन्त्य गरि १२ औ महादिबेशन उन्मुख हुनु आजको अपरिहार्य आवश्यकता रहेको छ।

    Advertisement

    जय नेपाल।

    नेता, नेपाल विद्यार्थी संघ

    बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation