• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ३. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ४. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ५. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • ६. जग्गासम्बन्धी सेवा घरमै

  • ७. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ८. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ९. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • १०. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

धुलो टकटकाउँदै फेरि उठ्नेछौं


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • अर्घाखाँची। अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मेनहतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४ गते पछी राम्रोसंग निद्रा पनि परेको छैन् । अरुका अगाडी हाँस्न खोज्छु, सबै ठिक छ भनेर बताउन कोशिस गर्छु तर, मनलाई भने सम्हाल्न सक्दिन । यो मेरो घरले कस्को के नै विगारेको थियो र ? हामिले के नै गरेका थियौं र रिस साध्नुपर्ने । यस्तै प्रश्नहरु मनमा खेल्छन् । घर जलेका तस्विर देखेँ । भिडियो हेरेँ । आफैले कखरा चिनाएका विद्यार्थी देख्छु, चिनेकै अनुहार भेट्छु । अनि ति कुराले झनैं पिरोल्छ । हामिले कस्तो समाज बनाउन खोज्यौं, अहिले कस्तो हुनपुग्यो ?
    सामान्य परिवार हो हाम्रो । २०४८ सालमा यहाँ जग्गा किन्यौं । एउटा पुरानो घर थियो । त्यसलाई बेचेँ र खाइ नखाई २८ वर्ष जागिर गरेर खाजा–नास्ताको पैसा बचाएर बनाएको घर हो । बैंकको ऋण र सहकारीबाट पनि कर्जा लिएर बास बनायौं । आज यो घर यस्तो भएको छ । हाम्रो रगत–पसिनाले बनाएको बास थियो ।
    मेरो श्रीमान् चेतनारायण आचार्य राजनीतिक काममा पूर्णकालीन रूपमा लाग्नुहुन्थ्यो । जहिले पनि पार्टीले अफ्ठ्यारो ठाउँमा उहाँलाई खटाउँथ्यो । त्यतिबेला प्रदीप ज्ञवाली हुनुहुन्थ्यो, उहाँले कठिन ठाउँमा काम गर्नेमा विश्वास राख्नुहुन्थ्यो । मेरो विवाह २०४७ सालमा भयो । विवाहपछि पनि उहाँ पार्टीको काममा खटिनुहुन्थ्यो । समाज परिवर्तनका लागि हामीले अहोरात्र खट्यौं । म पनि संगठित भएँ र २०४७ सालदेखि सक्रिय रहेँ ।
    मेरो श्रीमान् क्यान्सरबाट पिडित हुनुभयो । मृत्युको मुखमा पुगेका उहाँ उपचारपछि निको हुनुभयो । जीवनका भोगाइहरू ताजा छन् । हामीले सधैं समाजका लागि असल काम गरेका छौं । २१ वर्षदेखि राजनीति गरेर समाज सुधारमा ध्यान दिनुभयो । अहिले मुख्यमन्त्री भएपछि पनि धेरै सामाजिक काम गर्नुभएको छ । यस सरकारमा हुँदा पूर्व भिआइपी सुविधा कटौती गर्ने काम उहाँले नै थाल्नुभयो । साथै, होटलमा कार्यक्रम नगर्ने र सार्वजनिक स्थल वा कार्यालयको हलमा कार्यक्रम गर्ने नियम लागू गर्नुभएको थियो ।
    उहाँले समाज सुधारका लागि धेरै काम गर्नुभएको छ । यो जिल्ला र प्रदेशका लागि दिलोज्यानले काम गर्नुभएको छ । मुख्यमन्त्री भएदेखि हामीले कतै होटलमा एक छाक पनि खाएका छैनौं र नयाँ लुगा पनि फेरेका छैनौं । अहिले पनि मैले आफैले तरकारी उत्पादन गर्ने काम गर्दै आइरहेकी छु । कसैलाई लगाएको छैन । दाङमा बाँझो परेको जमिन जोतेर आफैं तरकारी उत्पादन गरी मेहनत गरेर बनाएको हो । हामीले कहिकतै एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुस, हामी फाँसी चढ्न तयार छौं । यो प्रमाणीत गर्न नसके आगो लगाउनेहरु तयार हुने की नहुने ?
    मैले प्रण गरेका छु– मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिन । साथीहरूले भनेका थिए,‘कार्यक्रममा सधैं एउटै कपडा भयो, फेर्नु भनेर’तर, हामिले नयाँ कपडा किन्दैनौं भन्यौं । मेरो हातबाट हजारभन्दा बढी मूल्यको साडी अहिलेसम्म लगाएको छैन । हामीले त्याग गर्ने मान्यता राखेका छौं र छोराछोरीलाई पनि त्यही संस्कार सिकाएका छौं । अहिले यो समाज कता जाँदैछ भन्नेमा मलाई दुःख लागेको छ । हामीले कस्तो बच्चा उत्पादन गरिरहेका छौं भन्ने कुरा समाजको लागि ठूलो चिन्ताको विषय हो ।
    अहिले उक्साउने र विभिन्न स्ट्याटसहरू देखिरहेका छौं । उफार्नलाई मजा आउँछ, तर पछि त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । हाम्रो समाज आफैं लागेन भने समृद्ध समाज सम्भव छैन । रगत–पसिनाले बनाएका यी भवनहरू पुनर्निर्माण गर्नुपर्नेछ । यो घर आज नयाँ बनेको होइन । तर आज यो घर ध्वस्त पारिएको र खरानी बनाइएको छ । यो खरानी बनाउने र उक्साउने महानुभावहरूको गति भविष्यमा हाम्रो जस्तो नहोस् ।
    आज म सडकमा छु । अरूको आश्रयमा बस्नुपरेको छ । त्यो स्थिति उहाँहरूलाई नआओस् । आफ्नो बच्चालाई गलत काममा लगायौं भने त्यो बच्चा पछि आफैंका लागि अभिशाप बन्न सक्छ । देशभरि यस्तो दुर्घटना भयो । जेन्जीको नाममा घुसपैठ र षडयन्त्रकारी काम भएको छ । घुसपैठको सिकार हामी बन्न पुगेका छौं । म दाबीका साथ भन्छु– जेन्जीको नाममा गरिएको कलंक हो।
    हामी धुलो टकटकाउँदै फेरि उठ्नेछौं । यी संरचना जसरी बनाएका थियौं, त्यसैगरी पुनर्निर्माण गर्नुपर्छ । हाम्रो घर जलेको मात्र हो, ढलेको होइन । हामी फेरि उठ्नेछौं । यो आन्दोलनमा शहीद हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । अनि घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु ।

    Advertisement

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ३.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ४.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ५.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ

    • ६.
      जग्गासम्बन्धी सेवा घरमै

    भर्खरै

    • १.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • २.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ३.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ४.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ५.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ६.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • ७.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ८.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...