• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, चैत २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

लोकप्रिय समाचार

  • १. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • २. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ३. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ४. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

  • ५. यो बुढो रुख त्यो बुढो रुख

यो बुढो रुख त्यो बुढो रुख


  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित
  • विश्वास पराजुली

    Advertisement

    नेपाललाई रुखको धनी अर्थात वनको धनी देश भनिन्छ । सत्य पनि लाग्छ जता हेर्दा पनि रुख नै रुख । विभिन्न प्रजाति रङ्ग रुपका रुख। ती रुख कतै चौतारी बनेर शितलता दिन्छन त कतै अटल उभिएर साहरा दिने काम गर्छन । रुपान्तरण त मानौ त्यै रुखले देखेको छ । बुट्यान, वयस्क हुँदै बुढो रुख । हो आज हामी त्यौ बुढो रुखको कुरा गर्छौँ ।
    बुढो रुख भनेको अशक्त, विकासच्यूत भएको, साहारामा मात्र उभिने भन्ने भाष्य हामी माझ चिर परिचित छ तर कहिले हाम्ले ती बुढा रुखले खदिलो इतिहास, सबै समयको अनुभाव र लाखौ शंख्य फलफुलले धेरैको सेवा गरेको छ । त्यो बुढो रुख मानौ सम्पूर्ण विकास चक्रको अभिन्न र अकाट्य विम्ब हो । आजको आधुनिक युगमा विश्वव्यापी उष्णता बढ्दै जाँदा सम्पदामा गुन्जिने ती अविरल तिखा धुनहरुले मानौ यसको अस्तित्व मेट्दै गएको छ । कहिले घामको ताप, कहिले हसिया हथौडाको चोट त कहिले घन्टीको कर्कस, ती सबैका बिच पनि ठिङ्ग उभिएको छ त्यो बुढो रुख ।
    त्यही बुढो रुख अहिले संकटमा छ । विपिको विचारधारा तथा मिहिनेतले वृक्षारोपण गरिएको त्यो रुखलाई मानौ मातृकाप्रसाद कोइरालाले मलजल गरि हुर्कने प्रयाप्त वातावरण सिजृना गरे । अन्ततः २००७ साल फाल्गुन ०७ गते त्यो महाअधियानले देशमा जरा गाडेर बसेको राणाशासनको तुषलाई उखालि फाल्यो र देशले प्रजातन्त्र नामको स्वच्छ हावामा गह भरि स्वाँस फेर्यो । विभिन्न वर्षहरु पश्चात २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई बर्खास्त गरी ‘कु’ गरे र दलहरूमाथि प्रतिबन्ध लगाए त्यस पछि भने त्यो कलिलो पालुवा भरिएको रुख वयस्क भयो । वयस्क त्यो रुखले अनगिन्ती नेपालीलाई आश्रय दिँदै वि.सं. २०४६ सालमा पुनः देशलाई प्रजातन्त्रको उज्यालोमा फर्कायो । त्यो वयस्क रुखले फेरि एकपटक आफ्नो सामर्थ्य देखायो, हावाहुरी, आँधीबेहरी सबैसँग जुध्दै जनताको चाहना पूरा गर्ने अठोटका साथ लड्यो, उर्जा थप्यो र उभियो ।
    तर समय सधैं एकनास हुँदैन । वि.सं. २०६२।६३ मा देशले ठूलो क्रान्ति भोग्नु पर्यो । नेपाली जनताका कैयन तन मन र धन छिया छिया हुँदै गर्दा त्यो उनमाद वनेको जनआन्दोलनमा फेरि एकपटक बयस्क रुखले आफ्नो शक्ति संकलन गर्‍यो र जनताको आवाजलाई साथ दिँदै देशलाई गणतन्त्रको अमृतपान गरायो र जनताको विश्वासलाई सँगसँगै डोर्‍यायो । यसले देखायो कि त्यो बलियो र गर्भिलो कडापन उसको वयस्कको तेज मात्र नभई हिजोका दिन देखी मलजल सहित सिचित भएर गाडिएको जराको दम्भ थियो ।
    विभिन्न कालखण्डमा आफ्नो शक्तिले नेपाली जनतालाई आडस दिँदै आएको त्यो रुखले भने बारबार एकै व्यक्तिको सेवामा तल्लिन बस्ने प्रवृतिले संज्ञा पायो बुढो रुखको । शेरबहादुर देउवा नेपाली कङ्ग्रेसको इतिहासमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा लामो समय सत्ताको बागडोर सम्हाल्ने र पार्टीमा बलियो पकड राख्ने नेता बन्नु भयो । उहाँकै सभापति कालमा कङ्ग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो उपस्थिति बलियो बनाएको, यद्यपि वैचारिक स्पष्टता र पार्टी सञ्चालनको शैलीलाई लिएर बहसहरू अझै जारी छन्। ती सञ्चालनका शैलीले हराभरा रुखलाई भने सुखापन तथा बुढ्यौली तीर डोर्‍याउन पुग्यो । वि.सं. २०७२ फाल्गुनमा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई १३औ महाधिवेशनबाट पराजित गराएर सभापती बने पश्चात उहाँ भने देशको पाँच पटक प्रधानमन्त्री भई सक्नु भएको छ । उहाँका कालखण्डमा पाटी सुदृढ त बन्यो साथै देशको ठूलो पाटी समेत बन्यो ।भाद्र २३ गते नेपालमा नँया लय आयो, जेन जी । आवाज सामान्यबाट बुलन्द हुँदै ठूलो विष्फोटमा परिवर्तन भयो । राजनितिको आडमा नेपालीले दुख पाँए, राजनौतिक दलहरुले दमन गरे, चप्पलबाट बुट झुपडीबाट महलमा रातारात पुगे भन्ने भाष्यले लय लियो । लय यस्तो गुन्जमान भयो की मानौ त्यो दिन हामी नेपाल आमाको प्रसवको संघारमा छौँ । जसरी आमा बन्ने बखत त्यो नौ महिना देखीको सकस एकै स्वरमा निस्किन्छ त्यसरी त्यो आवाजले माइतीघरबाट उठेर संसद भवन हुँदै सिंहदरवारसम्म थर्कमान बनायो । ७५-७६ जनाको मृत्यु र २००० हाराहारीको हाताहात सहित त्यो आन्दोलनले भाद्र २४ गते देशमा पहिले देखी चिर परिचित राजनैतिक दलहरुको किल्लामा हमला बोल्यो र अन्ततः समाननीय सुशिला कार्कीको नेतृत्वमा देशले नयाँ नेता पायो ।
    यो आन्दोलनले हाम्रो रुखलाई पनि साह्रै मर्माहित तुलायो । पाटी भित्र बुढो सज्ञा पाएको रुखले बाहिर पनि चर्को कर्कसमा बुढो रुखको ध्वनी प्रहवाहित गर्‍यो । सो अवस्थामा हेर्दा, त्यो बुढो रुख संकटमा परेको, नयाँ पुस्ताले नयाँ बिरुवा रोप्न खोजिरहेको, पुरानो रुखलाई काटेर नयाँ बनाउने सोच पनि कतै–कतै देखिन्थ्यो । केहीले यसलाई अवरोध ठाने, केहीले यसलाई प्रेरणा । वास्तवमा, त्यो बुढो रुख न त पूर्ण रूपमा अशक्त थियो, न त पूर्ण रूपमा अनावश्यक । त्यो त इतिहास, संघर्ष र उपलब्धिको प्रतीक हो । बढ्दो घटनाक्रममा फेरि नयाँ परिवर्तनको स्वाँर गुन्जियो त्यो थियो प्रतिरोपण । प्रतिरोपण भनौ वा कलमी अर्थात जरा उही तर फलदिने हाँगाहरु फरक । प्रतिरोपणका प्रमुख योजनाकार थिए गगन कुमार थापा । दोस्रो विशेष महाधिवेशनले उहाँलाई सो प्रतिरोपणको वैधानिकता प्रदान गर्‍यो । थापाले विभिन्न वर्षहरु देखि नै रुख वुढो हुँदै छ मलजल गर्ने पाखुरा दरिलो खोज्नु पर्छ है भन्दै प्रश्न उठाउदै आएका नै हुन तर सफल भएका थिएनन् ।
    वि.सं. २०७९ को निर्वाचनमा ८९ सिट सहित पहिलो दल रहेकोमा यो वर्ष भने त्यो संख्या ३८ सिटमा खुम्चिन पुग्यो । आसन्न चुवाबलाई मध्यनजर गर्दै थापाको यो कदमलाई सबैले स्वीकार गरे तर आफ्नै दलमा भने यसको कमी देखियो । ८६ स्थानमा दोस्रो स्थानमा रहनुले यो विषयलाई कता कता प्रमाणित जस्तो गर्दिन्छ ।
    अलिकती हामी इतिहासमा फर्किन्छौ है । कुरा गर्छौँ महाभारतको । तपाईहरुलाई महाभारतको युद्ध के का लागि र किन घटित थियो थाहा छ । आउनुस हामी यस बारे जान्छौँ । महाभारतका मुल ५ कारण दिए जस्तै राज्यको उत्तराधिकार विवाद, द्रोपदीको अपमान, दुर्योधनको हठ र अहंकार, शकुनीको षडयन्त्र र धृतराष्ट्रको पुत्रमोह । यो युद्धको सबैभन्दा ठूलो कारण हस्तिनापुरको सिंहासन थियो । पाण्डुका पुत्रहरू (पाण्डव) र धृतराष्ट्रका पुत्रहरू (कौरव) बीच राज्यको वास्तविक हकदार को हो भन्ने विषयमा विवाद थियो। पाण्डवहरूले जुवामा हारेपछि कौरवहरूले भरी सभामा द्रोपदीको चीरहरण गर्ने प्रयास गरे। यो घटनाले पाण्डवहरूलाई प्रतिशोधको अग्निमा जलायो। भीमले त्यसै बेला दुर्योधनको तिघ्रा र दुशासनको छाती चिर्ने प्रतिज्ञा गरेका थिए, जसको अन्त्य युद्धमै हुनु निश्चित थियो। भगवान श्रीकृष्णले शान्ति दूत बनेर कौरवहरूको सभामा गएर पाण्डवहरूका लागि मात्र ५ वटा गाउँ मागेका थिए। तर, अहंकारी दुर्योधनले “सियोको टुप्पो जति जमिन पनि दिन्न” भनेर युद्धको निम्तो दिए। दुर्योधनका मामा शकुनीले आफ्नो वंशको विनाशको बदला लिन कौरव र पाण्डवहरूबीच सधैं कलह बीजारोपण गरे। उनले नै कपटपूर्ण जुवा (पासा) को खेल योजना बनाएर पाण्डवहरूलाई वनवास पठाउन मुख्य भूमिका खेलेका थिए। राजा धृतराष्ट्र आफ्ना छोरा दुर्योधनको गल्ती देख्दादेख्दै पनि चुप लागेर बसे। उनले न्याय भन्दा बढी आफ्नो छोराको इच्छालाई प्राथमिकता दिएका कारण यो विनाशकारी युद्ध रोकिन सकेन।यो इतिहासलाई हालको परिवेश सँग तुलना गर्ने मिल्ले खालको छ । यही महाभारतका कारकलाई आजको गगनको विद्रोहसँग के कती जोड्न मिल्छ त्यो मनन गर्ने विषय रह्यो । हामीले बुझ्नुपर्ने कुरा के हो भने, कुनै पनि रुखको मूल्य केवल यसको हरियालीमा मात्र हुँदैन, यसको जरामा हुन्छ, त्यो जरा जसले माटोलाई समातेको हुन्छ, जसले वर्षौँको संघर्ष सहेको हुन्छ । त्यो बुढो रुखले दिएका फल, छायाँ र सहारालाई बिर्सन मिल्दैन । तर यसलाई समय अनुसार स्याहार–सम्भार गर्न पनि आवश्यक छ ।
    आजको चुनौती भनेको त्यो बुढो रुखलाई जोगाउँदै नयाँ बिरुवाहरूलाई पनि हुर्काउनु हो । पुरानो अनुभव र नयाँ ऊर्जा मिलेर मात्र सन्तुलित वन बन्न सक्छ । यदि हामीले केवल पुरानोलाई हटाउने सोच राख्यौँ भने, हामी इतिहासबाट टाढा हुन्छौँ । र यदि केवल पुरानोलाई समातेर बस्यौँ भने, भविष्य निर्माण गर्न सक्दैनौँ ।
    अन्ततः त्यो बुढो रुख हाम्रो पहिचान हो । हाम्रो इतिहासको जीवित दस्तावेज हो । यसलाई सम्मान गर्दै, यसको छायाँमा नयाँ सपना रोप्नु नै आजको आवश्यकता हो ।

    शनिबार, चैत २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    प्युठान अस्पतालमा छैन सिटामोल र आइरन चक्की

    लोकप्रिय

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ३.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ४.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    भर्खरै

    • १.
      यो बुढो रुख त्यो बुढो रुख

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ३.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ४.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ५.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ६.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ७.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ८.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation