• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • १०. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • –भरत जङ्ग रायमाझी
    राजनीति अर्थात् राज्य संचालन गर्ने सहि नीति जस्ले राज्यको सम्पुर्ण निति चलाइरहेको हुन्छ चाहे अर्थ नीति होस, शैक्षिक नीति वा परराष्ट्र नीति आदि । त्यस्तै कम्युनिस्ट प्रणाली होस, चाहे प्रजातान्त्रिक या राजतन्त्रात्मक प्रणालीमा नै किन नहोस् , राजनीति आवश्यक पर्दछ । राज्य संचालन गर्ने भनेका व्यक्ति हुन् जुन राज्यको बारेमा राजनीति बुझेको हुनुपर्छ त्यस्ता व्यक्तिलाई पहिला शिक्षा आवश्यक हुन्छ । पौराणिक कालमा गुरुले एउटा निश्चित ठाउँमा शिष्यहरुलाई भेला गरि आफ्नो ज्ञान बाडेको पाइन्छ यधपी बर्तमानमा शिक्षा आर्जन प्राप्त गर्ने भनेको औपचारिक रूपमा विद्यालय वा कलेज बाट प्राप्त हुन्छ वा शिक्षा आर्जन स्वअध्ययन वाट पनि प्राप्त गर्न सकिन्छ ।
    सामान्य अर्थमा विद्यार्थी राजनीति भनेको विद्यार्थीले गर्ने राजनीति वा राजनीतिक गतिविधिमा लागेका विद्यार्थीको समूह, तर यहाँ, औपचारिक अध्ययनको सिलसिलामा विगतबाट केही सिकी वर्तमानमा प्रगतिशील सोच, हक र अधिकारका सवाल तथा मुद्दाहरुलाई बहस र निष्कर्षमा पुर्‍याउन गरिने शैक्षिक क्रान्तिलाई विद्यार्थी राजनीति जनाउदछ । त्यस्तै परिवर्तित विश्व परिस्थितिलाई पनि विद्यार्थी राजनीतिले आत्मसाथ गर्दछ ।

    Advertisement

    हाम्रो समाजमा विद्या आर्जन गर्ने क्रममा राजनीति गर्नु हुदैन यसले त पढाई बिगार्छ भन्ने गलत मान्यता छ ।एउटा असल विद्यार्थी ले समसामयिक विषयवस्तुको बारेमा जानकार हुन आवश्यक छ । स्कुल वा कलेज गयो आयो अनि घरमा बस्दा सम्बन्धित कोर्स पढ्यो, यो मात्र पढाइ होइन बाहिरी ज्ञान हुन पनि आवश्यक छ ।औपचारिक शिक्षाको आफ्नै ठाउमा महत्व हुन्छ तर पाठ्क्रम र विद्यालयको चारभित्तालाई मात्र हामीले शिक्षा प्रप्तिको स्रोत मान्यौ भने हामीले असल शिक्षा प्राप्त गर्न सक्दैनौ । असल शिक्षाले कुनै समय विद्यार्थी रहेको ब्यक्तिको बाकी जीवन र उसको करियर प्रविधि संग जोडेर उत्पादनमूलक बनाउदछ । प्रविधिको उपज विद्यार्थी राजनीति नै हो ।

    कुनै पनि राज्यको चेतनाको स्तर कस्तो छ भन्ने कुरा त्यहाको शिक्षा प्रणालीमा भर पर्छ । एउटा विद्यार्थीसंग उसको भविष्य मात्र होइन सिङ्गो राष्ट्रको भविष्य जोडिएकोहुन्छ किनभने एउटा विद्यार्थी सफल भयो भने उ जस्तै विद्यार्थीहरु सफल भएको खण्डमा राज्य पनि सफल हुन्छ । विद्यार्थीले पढ्ने शिक्षा प्रणाली राज्यको शिक्षा नीति संग गासिएको हुन्छ र त्यस्तो शिक्षा नीति राजनीति संग जोडिएको हुन्छ ।

    आजको युग शिक्षाको युग हो, यदि राष्ट्रलाई समृद्धि र विकास बनाउने हो भने राज्यको पहिलो प्राथमिकता शिक्षा क्षेत्र हुनुपर्छ त्यस शिक्षा सीपमुलक र ज्ञानमुलक हुनुपर्छ । सीप सम्बन्धित विषयको अध्ययन र प्रयोगात्मक सिकाईबाट प्राप्त हुन्छ भने ज्ञान चाहिँ उक्त प्रयोगात्मक सिकाईको अभिवृद्धि बाट क्रमश प्राप्त हुन्छ जसको लागि वाहिरी विषयवस्तुको बारेमा पनि जानकार हुनुपर्छ र त्यसको प्रमुख स्रोत भनेको राजनीति नै हो । विद्यार्थीको पहिलो कार्य अध्ययन गर्नु हो ।

    हाम्रो जस्तो मिश्रित अर्थतन्त्र भएको मुलुकमा शिक्षाक्षेत्र निजि क्षेत्रले चलाएको अवस्था छ यो स्थितिमा निजि क्षेत्रले आफ्नो लगानी सुरक्षीत र नाफा कमाउने उद्देश्यले लगानी गर्दछ, यसको प्रत्यक्ष असर विद्यार्थीलाई पर्दछ किनभने आफ्नो नाफा बढाउन शुल्क वृद्धि गर्दछ यसका लागि बिरोध गर्न सशक्त आवाज उठाउन पर्दछ, त्यस्तै विश्वविद्यालय तथा सरकारी क्याम्पसहरु लगायत अन्य कलेजमा पनि क्याम्पस प्रशासन तथा विश्वविद्यालय प्रशासनको निहित स्वार्थ पुर्ती गर्न विद्यार्थीलाई भार पर्ने गरि कार्य गर्न सक्दछ यस्ता कार्यको विरोध गर्न एकता चाहिन्छ, यस्तै गरि विद्यार्थीको वृद्धि विकास गर्न चहिने स्रोत र साधन पुर्ती गर्न आवाज उठाउन सकिन्छ, यस्तो आवाज एक्लै उठाउन सकिदैन जसका लागि संगठनका चाहिन्छ, त्यो संगठन विद्यार्थी संगठन आवस्यक पर्दछ किनभने यसको संजाल देशब्यापी हुन्छ, आफ्ना माग पूरा गर्न क्याम्पस प्रशासन तथा विश्वविद्यालय प्रशासनलाई दवाब हुन्छ ।

    नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा हेर्ने हो भने विद्यार्थी मार्फत राजनीति चेतना अभिवृद्धि गरि पन्चायत विरुद्ध आन्दोलन छेडेको साथै २०३६ सालको जनमतसंग्रह गर्न वाद्य पारेको देख्न सकिन्छ, २०४७ सालको जनआन्दोलन होस् या ०६२/६३ को जनआन्दोलन पनि विद्यार्थीहरु आफ्नो ज्यानको प्रवहा नगरी सक्रिय सहभागी भएका थिए ।पेट्रोलियम पदार्थ तथा खाद्य पदार्थको मुल्यवृद्धिमा पनि आन्दोलन गर्दै आएको इतिहास छ ।यस्तै सुस्ता मा होस या कालापानीमा मार्चपास गरि विद्यार्थीहरु पढ्न मात्र जान्दैनन् आफ्नो देश को लागि बलिदान गर्न पनि तयार हुन्छन् भने भावना जागृत गर्न सकिएको थियो ।

    नेपालको संविधान २०७२ को भाग ३ को धारा १७ को उपधारा १ मा वाक स्वतन्त्रता गर्न छुट दिएको छ त्यस्तै उपधारा २को खण्ड `घ´ मा संगठन खोल्ने तथा खण्ड `ख´मा बिना हातहतियार भेला हुने स्वतन्त्रता दिइएको छ । (तर उपखण्डहरुमा सार्बभौमसत्ता, राष्ट्रिय तथा भौगोलिक अखण्डता खलबल पार्ने , जातीय तथा धार्मिक सद्भाव बिथोल्ने आदि राष्ट्रलाई आँच आउने जस्ता कार्य गर्न चाहिँ प्रतिबन्ध गरिएको छ )
    वाक स्वतन्त्रताको वाबजुद अझैसम्म पनि केही कलेज लगायत केही विश्वविद्यालयहरुले विद्यार्थी संगठन खोल्न बन्देज तथा विरोध गरेकाछन् , विद्यार्थी संगठनले नेतृत्व गर्न सिकाउछन । कार्ल माक्स, माओ, लेनिन, नेल्सन मन्डेला र नेपालका वि.पि., पुष्पलाल, मदन भण्डारी आदि जस्ता महान हस्तीहरुका जीवनी पल्टाएर हेर्दा प्रष्ट हुन्छ कि समाज रुपान्तरणको सपना विद्यार्थीले देखेको हुन्छ, रुपान्तरण गर्ने शैली र बाटाहरु मात्र फरक हुन सक्दछन्। जस्ले बन्देज र विरोध गरेका छन तिनीहरुको मानसिकता भनेको पुजीवादी र सामन्ती सोच हो । विद्यार्थी राजनीति फोहोरी खेल हो भन्नेहरु एउटा विद्यार्थी, विद्यार्थी राजनीति नेतृत्वमा प्रवेश निषेध गर्नको लागि सृजना गरिएको भ्रम हो । विद्यार्थीको वृद्धि विकास र विद्यार्थी उत्पीडन अन्त्य गर्न विद्यार्थी राजनीतिवाट मात्र सम्भाव छ ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation