• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पानपाते ठुलीको ईच्छा पुरा होला की नहोला ?


  •   शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित
  •  विजय विश्वकर्मा।
    के छ ओए सुपारे ठुला
    पुरानो माया ला नभुल।
    तीज करीब करीब दैलोमै आईपुग्यो । दिनभर मेलापात घाँसदाउरा गर्ने साँझ हातमुख जोडी चुलोचौको सकेर आँगन ठुला भएका घरमा जम्मा भएर मनका बह पोखने जमाना गए । दैलामुनी स्कुल थियो पढाएनन बाबाले, छोरी भन्न पर्दैन यस्ता जावाले भन्दै गाउथे मेरा दिदीबहिनीले, मादल कहाँ पाउनु पानी बोक्ने ग्यालेन बजाउथिम हामी भुराहरुले । सबैलाई एकै डालोमा नराखौ तर श्रीमान विदेश जान एयरपोर्ट नपुग्दै लालाबालाको पढाईकोनिहुँ पारेर श्रीमती शहरतिर झर्न थाले । घरघरमा टिभी आए, हातहातमा बडेबडे स्क्रीनटच मोवाईल आए । तिनै टिभी र मोवाईलमा अनेकथरी तीजका गीत बज्छन । टिकटक र म्युजीकल्लीमा भिडीयो बन्छन । लघुवित्त वंगलादेशमा जस्तै यहाँ सफल भएन । सबै हुनेखाने कहाँ छौ र म जस्तो हुँदाखाने सुकुम्बासीका पनि त चाहना हुँदा रहेछन । म जस्ता हुँदाखानेका चाहनामा अरु खेल्दा रहेछन । यही लघुवित्तका ऋणले मेरा धेरै आफन्ती र छिमेकीको घरब्यबहारमा समस्या परेको झलझली देखेको छु । लघुवित्तबाट लिएको मध्ये करीब ८० प्रतिशत ऋण ब्यबसायमा हैन पुरानै ऋण तिर्न, खानपान र गहनापातमा खर्च भएको देखिन्छ । ऋण गरीगरी विदेश भएका श्रीमानलाई फकाईमनाई गरेर बनाईएका गहना र झिलिमिली कपडाका फोटाले आजभोली निलो फेसबुकको भित्तो रातै देखिन्छ । कहिले यो समुह, कहिले त्यो समुह, कहिले यो टोल कहिले त्यो टोल, यो पार्टी,त्यो पार्टीको नाममा महङ्गा पार्टी प्यालेसमा दरपार्टी दैनिक हुन्छन । यसलाई प्रगति मान्नुपर्ने बाध्यता आईलागेछ । साच्ची म अब सुपारे ठुलातिर जानुपर्ने कता पो पुगे, यस्तै पारा भएर होला मलाई धेरैले तोरीलाहुरे भन्छन । यसो भनम न म काशीतिर जानुपर्ने मान्छे कुतीतिर हिडने प्रकारको छु । आफ्नो बानिप्रती मेरो केही गुनासो छैन, हुन त मेरो बानी नै त्यस्तै छ । सुपारे ठुलालाई चिन्न पानपाते ठुली लाई पनि चिन्नै पर्छ । आज गाँउघरतिर जादै गर्दा बाटैमा पानपाते ठुली दिदी भेटिन पुगिन । बैशमा त लरक्क लर्केको कपाल, मझौला आँखा , न काली न गोरी पुर्णिमामा चन्द्रमा बलेजस्तो मुहार विछट्टै राम्री थिईन । पानको पात जस्तो ओठ भएको घरकी जेठी पनि भएकोले उन्को नाम पानपाते ठुली रहेको भन्थे । ती दिन वितेछन यी दिन आएछन पुक्क हुने गाला चाउरी परेछन । त्यस्ती दिदिको रुपरंग पुरै परिवर्तन भएको देख्दा म अचम्म परे । उमेरले म भन्दा ५/७ बर्ष जेठी न हुन तर जीवनमा उनलाई सोचेजस्तो नभएर होकी अलि बुढी नै देखिन्थिन । हाम्रा घरमा लैना बकेर्ना भैंसी छैनन करे म दुःखीकहाँ पसेर कालो चिया खाएर जालास आईज भन्दा अर्को दुःखी नजाने कुरै भएन । २०५२ सालदेखि पानपाते दिदि र सुपारे ठुलाको मायाप्रेम सुरु हुँदा हामी भुराभुरी नै थियो । अझ भनौ न हामीलाई उनीहरुको मायाप्रेममा कुनै सरोकार थिएन । सुपारे ठुला पनि कम्तीका गतिला हुन र , गाँउभरी चर्चा उनैको हुन्थ्यो । ज्यान पनि खाईलाग्दो नै, चालचलन पनि उस्तै राम्रो , जतिबेला पनि गरिब दुःखीका सहयात्री हुन्थे । आजभोली म जस्तो भुईफुटालाई उहाँका बारेमा त्यति थाहा नहुने तर अझै पनि गरिब दुःखी शोषित पिडीतकै लागी लडछु भन्छन रे । तर अलि घेराबन्दीमा भएकोले मन हुँदाहुँदै पनि भनेजस्तो काम गर्न सकिएन भनेर बेलाबेला दुखेसो पोख्ने गरेको हल्ला सुनिन्छ साचों झुटो उनैले जानुन । पानपाते दिदीले ए केटा चिया ला भनेसि पो झसंग हुनपुगे । चिया हातमा लिए पिउन थाले । चिया सकेपछि फेरि आउँला दिदी भनेर निस्किए । घरमा पुगेर तिनै दिनहरु सम्झिन पुगे । उनले भनेका कुराहरु एकएक केलाउन थाले । सुपारे ठुलालाई दिदीले जातिविती माया गर्थिन । ठुलाको लागी भनेर उनले कति दुःख गरिन गरिन । सुपारे ठुलाले जनयुद्ध सुरु गर्दा पानपाते ठुली कालिकोट पुगेर प्रहरीका बन्दुक खोसेर सहयोग गर्थिन । सुपारे ठुलाकै लागी भनेर खाएका पिटाई, भोगेका शारीरिक मानसिक यातनाको हिसाब गर्ने हो भने त माक्र्सको ‘पुँजी’ भन्दा पनि ठुलो किताब बन्छ होला । जेलभित्रै सुरुङ्ग खनेर आफू र साथी बचाइन । कहिले चितवन पुगेर माईतीले दिएका नाककानका गहना बेचेर ठुलाको पार्टीलाई आर्थिक सहयोग गरेको हाम्ले पनि सुनेका थियौ । घरमा हुँदा घरका आटोपिठो, भुटेको मकै, जौ को सातु पटुकीमा बोकेर बनमा लगेर खुवाउथिन । सुपारेले पनि मायाममता देखाउथे हुन त नजिक भाको भए अझैपनि माया गर्दाहुन । ती दिन सम्झेर आँसु झार्दाहुन । तर २०६५ मा सुपारे ठुला ठुलै पदमा पुगेपछि पानपाते ठुली नजिक पर्न पाईनन । मान्छेको मन न हो कस्मेटिक सामाग्रीको प्रयोगले चिरिच्याट्ट परेकातिर उनको मन जान पुगेर होकी पानपाते ठुली कसैगरि सुपारेको नजिक पर्न पाईनन । नौ दिन नदेखे नौलो, बीस दिन नदेखे बिर्सने हाम्रो चलन छ पानपाते ठुलीलाई बीस दिन हैन बीसौ महिना नदेखेर होकी आजभोली सुपारे ठुलाले बिर्सेजस्तो छ । ठुलाले विर्सेपनि पानपाते ठुलीले पुरानो मायालाई विर्सेकी छैनन । २०६३ फागुन १ गते सुपारे ठुला काठमाडौं खुलामञ्चमा सार्वजनिक हुँदा उनले लालसलाम गरेको ठुलै फोटो ठुलिको कोठामै राखेकी छन सायद यो पुरानो मायालाई नविर्सेको प्रमाण हो । आजभोली दिदीका आफ्नै दुःख छन । आफ्नै ब्यबहार छन । उनले आफ्ना धेरै चाहना मनैभित्र मारिसकिन । एकबारको जीवन हो त्यो पनि बम बारुदले हर्न नसकेको अहिले जिएको उनको जीवन नाफाको जीवन हो । अब उनलाइ सुपारे ठुलाको जीवनमा जोडिएर दखल दिने चाहना पनि त छैन । अब पानपाते ठुलीको एउटै ईच्छा छ, एक पटक सुपारे ठुलालाई भेटेर ‘के छ ओए सुपारे ठुला, पुरानो मायालाई नभुल’ भनेर उनकै अगाडी धोको फेरेर रुने भनेकी छन । पानपाते ठुलीको ईच्छा पुरा होला की नहोला ?

    Advertisement

    शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation