• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानमा कहाँ कहाँ खर्च भयो सांसद दुर्गा पौडेलको ४ करोड?


  •   शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
  • सुवाश जि. सि.,खलङ्गा । आर्थिक वर्ष २०७५÷७६ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्युठान जिल्लामा प्राप्त चार करोड रकमका योजनाको अनुगमन संयोजक संसद दुर्गा पौडेलले गर्नु भएको छ ।जिल्लाका १८ वटा योजनामा विनियोजन भएको उक्त रकमका करिब सबैजसो योजना सम्पन्न भइसकेका र केही योजना सम्पन्न हुने चरणमा रहेका छन् । करिब १० दिनको अनुगमनपछि कतिपय योजनाहरू सम्पन्न भइसकेका र केहीलाई सुझाव सहित सम्पन्न गर्न निर्देशन दिएको संसद दुर्गा पौडेलले जानकारी दिनु भएको छ ।छनौट भएका दुई महत्वपूर्ण योजनाहरूमध्ये ‘ओखरकोट कोटघर सिँढी निर्माण योजना’ उत्साहजनक रूपमा सम्पन्न भएको बताउनु भएको छ । करिब एक किलोमिटरको सिँढीमध्ये झण्डै ३०० मिटर सिँढी निर्माण भइसकेको छ । ओखरकोट पेदिपाटाबाट करिब ४०० मिटर रहेकोमा अब बाँकी १०० मिटर र बाँदीकोटतर्फबाट बाँकी सिँढी निर्माण अर्को वर्ष र गाउँपालिकाको सहयोगमा निर्माण हुनेछ । अर्को महत्वपूर्ण योजनामा उमेश स्मृति प्रतिष्ठानको भवन निर्माण रहेको छ । भुइँतला निर्माण पहिले भइसकेको उक्त भवनमा दुईतला थपिएको छ । भवनको फिनिसिङको काम मात्र पुरा हुन बाँकी छ । उल्लेखित दुई योजनामा ५०/५० लाख बजेट विनियोजन भएको थियो ।त्यसैगरी उत्पा मुलावारी जाडगाउँ दादखानी जोड्ने सडक गौमुखी गाउँपालिका–४लाई १९ लाख ५० हजार, पिपल रूस लाममेला–भुमेथान सडक गौमुखी गाउँपालिका–६लाई १० लाख विनियोजन गरिएकोमा काम सम्पन्न भइसकेको छ । चौरपानी खानेपानी योजना मल्लरानी गाउँपालिका–४लाई १० लाख विनियोजन भएको लिफ्ट खानेपानीको ट्याङ्की निर्माण भएको छ । रोटेखोला अर्गेली चुजाठाँटी खानेपानी आयोजना मल्लरानी गाउँपालिका–३ मा १९ लाख ५० हजारमा दुई वटा ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ । जुडा खाजबोट–कडकुरा–चुकाहा बरौला सडक ऐरावती गाउँपालिका–१ को १९ लाख ५० हजारको योजना सम्पन्न भएको छ । त्यसैगरी खवाङ लिफ्ट सिँचाइ आयोजना, ऐरावती गाउँपालिका–६ को १९ लाख ५० हजारको योजनामा पाइप बिच्छाउने काम बाहेक ट्याङ्की निर्माण, लिफ्ट घर, इनार र कुलो निर्माणको काम सम्पन्न भएको छ ।एवं प्रकारले, बाङ्गेसाल काँसकोट सुजिनपुर नौघाट सडक निर्माण सरुमारानी वडा नं. १–२ को १९ लाख ५० हजारको योजना सम्पन्न भइसकेको छ । थक्लेनी–मुर्कुटी, सडक निर्माण सरुमारानी गाउँपालिका वडा नं. ६ को १० लाखको काम सम्पन्न हुने चरणमा छ । ओजेनी थाङवाङ मुर्कुटी सडक निर्माण सरुमारानी गाउँपालिका वडा नं. ६ को १० लाखको योजना सम्पन्न भएको छ । नयाँगाउँ उदयपुरकोट–स्वर्गद्वारी सडक माण्डवी गाउँपालिका वडा नं. ४ को १९ लाख ५० हजारको योजना पुरा नभएकाले संसद दुर्गा पौडेलले तुरुन्त सम्पन्न गर्न निर्देशन दिनु भएको छ । त्यसैगरी टोडेहार–बाह्रबिसे कोचिवाङ सडक निर्माण स्वर्गद्वारी न.पा. १ को १० लाखको योजना सम्पन्न भइसकेको छ । डाँडाकटेरी कुसुण्डे रुम हुँदै वडा कार्यालय जोड्ने मोटरबाटो स्वर्गद्वारी नगरपालिका–१ को १९ लाख ५० हजारको योजना सम्पन्न हुने चरणमा छ । भिङ्ग्री–धनवाङ खोला स्वर्गद्वारी मोटरबाटोको वडा नं. २ र ३ को १९ लाख ५० हजारको योजना अन्तिम चरणमा रहेको छ । त्यसैगरी झिमरुक रानीचौर खानेपानी योजना प्युठान नगरपालिका–२ को ४० लाखको योजना सम्पन्न भएको छ । पाइप बिछ्याउने कामका लागि बजेट अपुग भएको छ । सरस्वती प्रा.वि. प्युठान नगरपापालिका–५ को विद्यालयको भौतिक सुधारको १० लाखको योजना सम्पन्न भइसकेको छ । बाहाने स्याउलिवाङ सडकको लिघा–स्याउलिवाङ खण्डको करिब दुई किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यसका लागि ४० लाख रकम विनियोजन भएको थियो । चार करोडमध्य जिल्ला समन्वय समितिलाई प्रशासनिक खर्चका लागि ४ लाख बजेट विनियोजन भएका थियो । धेरै जिल्लाहरूमा यसप्रकारको बजेटको रकम दुरूपयोग हुने, भ्रष्टाचार हुने, कार्यकर्तालाई बाँड्ने, आफ्ना क्षेत्रमा मात्र बजेट वितरण गर्ने र रकमको दुरूपयोग हुने गरेको खबर आए पनि प्युठानमा भने सबैतिरका योजनालाई समान ढङ्गले समावेश गरिएको छ । प्राथमिकताको आधारमा योजनाको छनौट गरी स्थानीय उपभोक्ता समिति मार्फत् बजेटको परिचालन भएको छ । योजना सञ्चालनका सन्दर्भमा जिल्ला समन्वय समिति र संसदले लगातार योजनाको अनुगमन समेत गरेको संसद पौडेलले जानकारी दिनु भएको छ ।

    Advertisement

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation