• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ८. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

प्युठानमा कहाँ कहाँ खर्च भयो सांसद दुर्गा पौडेलको ४ करोड?


  •   शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
  • सुवाश जि. सि.,खलङ्गा । आर्थिक वर्ष २०७५÷७६ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्युठान जिल्लामा प्राप्त चार करोड रकमका योजनाको अनुगमन संयोजक संसद दुर्गा पौडेलले गर्नु भएको छ ।जिल्लाका १८ वटा योजनामा विनियोजन भएको उक्त रकमका करिब सबैजसो योजना सम्पन्न भइसकेका र केही योजना सम्पन्न हुने चरणमा रहेका छन् । करिब १० दिनको अनुगमनपछि कतिपय योजनाहरू सम्पन्न भइसकेका र केहीलाई सुझाव सहित सम्पन्न गर्न निर्देशन दिएको संसद दुर्गा पौडेलले जानकारी दिनु भएको छ ।छनौट भएका दुई महत्वपूर्ण योजनाहरूमध्ये ‘ओखरकोट कोटघर सिँढी निर्माण योजना’ उत्साहजनक रूपमा सम्पन्न भएको बताउनु भएको छ । करिब एक किलोमिटरको सिँढीमध्ये झण्डै ३०० मिटर सिँढी निर्माण भइसकेको छ । ओखरकोट पेदिपाटाबाट करिब ४०० मिटर रहेकोमा अब बाँकी १०० मिटर र बाँदीकोटतर्फबाट बाँकी सिँढी निर्माण अर्को वर्ष र गाउँपालिकाको सहयोगमा निर्माण हुनेछ । अर्को महत्वपूर्ण योजनामा उमेश स्मृति प्रतिष्ठानको भवन निर्माण रहेको छ । भुइँतला निर्माण पहिले भइसकेको उक्त भवनमा दुईतला थपिएको छ । भवनको फिनिसिङको काम मात्र पुरा हुन बाँकी छ । उल्लेखित दुई योजनामा ५०/५० लाख बजेट विनियोजन भएको थियो ।त्यसैगरी उत्पा मुलावारी जाडगाउँ दादखानी जोड्ने सडक गौमुखी गाउँपालिका–४लाई १९ लाख ५० हजार, पिपल रूस लाममेला–भुमेथान सडक गौमुखी गाउँपालिका–६लाई १० लाख विनियोजन गरिएकोमा काम सम्पन्न भइसकेको छ । चौरपानी खानेपानी योजना मल्लरानी गाउँपालिका–४लाई १० लाख विनियोजन भएको लिफ्ट खानेपानीको ट्याङ्की निर्माण भएको छ । रोटेखोला अर्गेली चुजाठाँटी खानेपानी आयोजना मल्लरानी गाउँपालिका–३ मा १९ लाख ५० हजारमा दुई वटा ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ । जुडा खाजबोट–कडकुरा–चुकाहा बरौला सडक ऐरावती गाउँपालिका–१ को १९ लाख ५० हजारको योजना सम्पन्न भएको छ । त्यसैगरी खवाङ लिफ्ट सिँचाइ आयोजना, ऐरावती गाउँपालिका–६ को १९ लाख ५० हजारको योजनामा पाइप बिच्छाउने काम बाहेक ट्याङ्की निर्माण, लिफ्ट घर, इनार र कुलो निर्माणको काम सम्पन्न भएको छ ।एवं प्रकारले, बाङ्गेसाल काँसकोट सुजिनपुर नौघाट सडक निर्माण सरुमारानी वडा नं. १–२ को १९ लाख ५० हजारको योजना सम्पन्न भइसकेको छ । थक्लेनी–मुर्कुटी, सडक निर्माण सरुमारानी गाउँपालिका वडा नं. ६ को १० लाखको काम सम्पन्न हुने चरणमा छ । ओजेनी थाङवाङ मुर्कुटी सडक निर्माण सरुमारानी गाउँपालिका वडा नं. ६ को १० लाखको योजना सम्पन्न भएको छ । नयाँगाउँ उदयपुरकोट–स्वर्गद्वारी सडक माण्डवी गाउँपालिका वडा नं. ४ को १९ लाख ५० हजारको योजना पुरा नभएकाले संसद दुर्गा पौडेलले तुरुन्त सम्पन्न गर्न निर्देशन दिनु भएको छ । त्यसैगरी टोडेहार–बाह्रबिसे कोचिवाङ सडक निर्माण स्वर्गद्वारी न.पा. १ को १० लाखको योजना सम्पन्न भइसकेको छ । डाँडाकटेरी कुसुण्डे रुम हुँदै वडा कार्यालय जोड्ने मोटरबाटो स्वर्गद्वारी नगरपालिका–१ को १९ लाख ५० हजारको योजना सम्पन्न हुने चरणमा छ । भिङ्ग्री–धनवाङ खोला स्वर्गद्वारी मोटरबाटोको वडा नं. २ र ३ को १९ लाख ५० हजारको योजना अन्तिम चरणमा रहेको छ । त्यसैगरी झिमरुक रानीचौर खानेपानी योजना प्युठान नगरपालिका–२ को ४० लाखको योजना सम्पन्न भएको छ । पाइप बिछ्याउने कामका लागि बजेट अपुग भएको छ । सरस्वती प्रा.वि. प्युठान नगरपापालिका–५ को विद्यालयको भौतिक सुधारको १० लाखको योजना सम्पन्न भइसकेको छ । बाहाने स्याउलिवाङ सडकको लिघा–स्याउलिवाङ खण्डको करिब दुई किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यसका लागि ४० लाख रकम विनियोजन भएको थियो । चार करोडमध्य जिल्ला समन्वय समितिलाई प्रशासनिक खर्चका लागि ४ लाख बजेट विनियोजन भएका थियो । धेरै जिल्लाहरूमा यसप्रकारको बजेटको रकम दुरूपयोग हुने, भ्रष्टाचार हुने, कार्यकर्तालाई बाँड्ने, आफ्ना क्षेत्रमा मात्र बजेट वितरण गर्ने र रकमको दुरूपयोग हुने गरेको खबर आए पनि प्युठानमा भने सबैतिरका योजनालाई समान ढङ्गले समावेश गरिएको छ । प्राथमिकताको आधारमा योजनाको छनौट गरी स्थानीय उपभोक्ता समिति मार्फत् बजेटको परिचालन भएको छ । योजना सञ्चालनका सन्दर्भमा जिल्ला समन्वय समिति र संसदले लगातार योजनाको अनुगमन समेत गरेको संसद पौडेलले जानकारी दिनु भएको छ ।

    Advertisement

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation