• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सेल्फी खिच्न फ्रेस हुन आउनुस जाउँ शहिद पार्क


  •   शनिबार, असार २८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन, प्युठान।निर्माणाधिन शहिद स्मृति पार्कमा रहेको वाटर फाउन्टेन स्थानिय पर्यटकहरुका लागि सेल्फी केन्द्र बन्दै गएको छ । प्यूठान नगरपालिका वडा नं. ४ स्थित गाँजुरीमा वाटर फाउन्टेन निर्माण भएसंगै स्थानीयहरु तस्वीर खिचाउन तथा सेल्फी हान्न आउन थालेको स्थानीय गोविन्द कार्कीले बताए । पार्कमा दैनिक घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि भैरहेको कार्की बताउँछन् । ‘पानीको फौहरा हेर्न धेरै आउँछन् ।’ कार्कीले भने, ‘पार्क निर्माण भएपश्चात् प्यूठानकै पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेल्नेछ ।’शहिद स्मृति पार्कको डिपिआर तयार भई निर्माण कार्य अघि बढीरहेको प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एंव पार्क निर्माण व्यवस्थापन समितका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । डिभिजन वन कार्यालय प्यूठानको ५० लाख सहयोगमा पार्क स्थलमा वाटर फाउन्टेन र शहिदहरुको शालिक राख्ने संरचना तयार भएको न्यौपानेले बताए । ‘२०७६÷०७७ मा पार्कमा करिब १ करोड ३० लाखको काम हुनेछ ।’ न्यौपानेले भने, ‘प्रवेश गेट, पिकनिक स्र्पोट लगाएतका अन्य संरचनाहरु बन्ने छन् ।’ पार्क निर्माणका लागि प्रदेस सरकार र प्यूठान नगरपालिकाको समान ५० लाख र प्यूठान उद्योग वाणिज्य संघको ३० लाख बजेट खर्च हुने छ ।५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको शहिद स्मृति पार्कको लागत स्टिमेट करिब १४ करोडको रहेको छ । पार्क निर्माणले आन्तरिक पर्यटनलाई बढवा दिने विश्वास लिईएको छ भने प्यूठान नगरको ऐतिहासिक भित्रिकोट दरवारलाई समेत जोड्ने लक्ष्य राखिएको छ ।
    प्यूठान उपत्यकाका व्यस्त बजार क्षेत्रका स्थानीय बासिन्दाहरुलाई घुमफिर गर्न शहिद स्मृति पार्क गतिलो तथा रमणीय गन्तव्य हुने बाग्दुलाका स्थानीय हार्डवेयर व्यवसायी रमेश पौडेलले बताए । शहिद प्रति सम्मान र सामाजिक परिर्वतनमा जागरण ल्याउन पार्कले सन्देश दिने न्यौपानेको विश्वास छ ।पार्क निर्माणस्थलमा बनमारा काँडा प्रमुख चुनौतीको रुपमा देखिएको छ । ‘बनमारा काँडाले बनै ढाक्न थालेको छ ।’ निर्माण व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले भने, ‘गत वर्ष पनि काँडा पन्छाउन ठूलो धनराषी खर्च भयो ।’ पार्क छेउमै रहेको सशस्त्र प्रहरी व्यवस्थापन पनि चुनौतीको रुपमा रहेको न्यौपाने बताउँछन् । भविष्यमा पार्कबाट हुने आम्दानी सिर्जनशिल सामुदायिक वन उपभोक्ता समुह, कालिका सामुदायिक वन उपभोक्ता समुह, प्यूठान उद्योग वाणिज्य संघ र प्यूठान नगरपालिकाले समान २५ प्रतिशत आम्दानी बाड्ने सहमती भएको छ । पार्क के–कसरी निर्माण गर्ने भन्नेबारे निर्माण व्यवस्थापन समितिले जिल्ला बाहिरका करिब १० वटा विभिन्न पार्कहरुको अध्ययन अवलोकन भ्रमण गरीसकेको निर्माण व्यवस्थापन समितिका सचिव झविन्द्र शर्माले बताए । ‘पार्कलाई केन्द्रमा राखी मल्लरानी, गौमुखी, ऐरावाती र स्वर्गद्धारीलाई पनि जोड्ने योजनामा छौँ ।’ शर्माले भने, ‘शहिद पार्क प्यूठानकै एक महत्पूर्ण पर्यटकिय गन्तव्य बन्न सक्छ ।’पार्कमा बालबालिकाहरुका लागी फन पार्क, प्रेम जोडीका लागि लभ पार्क, बार रेष्टुरेण्ट, चिडियाखाना, पुलपुलेसाहरु, भ्यू–टावर, जिम खाना, योगास्थल, लगाएतका संरचनाहरु बनाउने योजना डिपिआरमा उल्लेख भएको सचिव शर्माले बताए । पार्कस्थलमा व्यक्तिविशेषले पनि आफ्नो आफन्तको सम्झनामा प्रतिक्षालय, पानी धारा पर्यटकलाई सुविधा पुग्ने जुनसुकै संंरचनाहरु बनाउन सकिने व्यवस्था गरिएको शर्माले बताए । बिजुवार स्थित आशु निर्माण सेवाले उक्त सहिद पार्कमा रहेको वाटर फाउन्टेन निर्माण सम्पन्न गरेको हो।

    Advertisement

    शनिबार, असार २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...