टेक बहादुर पुन,दाङ । दंगाली गायक तथा मोडेल संदिप न्याैपाने लाई एक बाबाले नङ्गाएका छन् । बाबाले न्यौपानेलाई मात्र नभई अरु २ जना मोडललाई पनि बाँकी राखेनन् । दिपक पाण्डेको ‘क्यार्नी होला’ भन्ने गीतमा नृत्य गरेका न्यौपाने सँगै अन्य २ जना मोडेलहरू पनि नायिका अप्सना थापाको पछि लाग्दा नाङ्गिएका हुन । गितमा नायिका थापालाई तिनै जनाले मन पराउनुका साथै जिस्काउने गर्छन । ती तीनै जनाबाट हैरान भएकी थापाले तान्त्रिक बाबा सँग उनिहरु बाट अाफुलाई अलग गराउन अनुरोध गर्दा बाबाले नै नङ्गाएका हुन ।गीतले मान्छे मायामा धेरै डुबेको हुन्छ भन्ने जानकारी पनि दिएको छ । दाङको लमही निवासी पाण्डेको पहिलो एल्बम क्यार्नी होला गीतमा लोक दोहोरी गायक तथा मोडल सन्दिप न्यौपाने सहित यूविन ढुंगाना, नविन सिरिष र नायिका अप्सना थापाले अभिनय गरेका छन् ।
बादल घिमिरेको शब्द तथा संगीत रहेको गीतलाई शिभन पोखरेलले निर्देशन गरेका हुन् । गीतको भिडियो अजय रेग्मीले खिचेका हुन् भने अभिनायक एम.सेरचनले ईडिट गरेका हुन् । यस गीतलाई सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्ट युट्यूब च्यानलले सार्बजनिक गरेको छ ।
नायक तथा मोडल सन्दिप न्यौपाने नाङ्गिए क्यार नी होला (भिडियो हेर्नुहोस)
नायक तथा मोडल सन्दिप न्यौपाने नाङ्गिए क्यार नी होला (भिडियो हेर्नुहोस)

Advertisement
तपाईको प्रतिक्रिया