• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ९. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • १०. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू हुने : सञ्चार मन्त्री बाँस्कोटा


  •   बुधबार, असार १८, २०७६ मा प्रकाशित
  • कामना डेली। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाज्यूले यही आउँदो साउनबाट मुलुकभरका सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने बताउनु भएको छ । चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसरमा सोमबार बोर्डको प्रेक्षालयमा आयोजित वार्षिक उत्सब तथा सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले यस्तो भनाई राख्नुभएको हो ।विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने, साउनबाट सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने, चलचित्र छायाङ्कनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा १८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्ने बताउनु भयो । यस्तै नेपाली चलचित्रको उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजुलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिवद्धता उहाँले जनाउनु भएको छ । बोर्डको १९औं वार्षिक उत्सब कार्यक्रमलाई उद्घाटन गर्दै सो कार्यक्रमका प्रमुख अतिथि मन्त्री बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पुर्याएका १५ जना चलचित्रकर्मीलाई बोर्डका तर्फबाट ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’ बाट सम्मानित गर्नुभयो ।

    Advertisement

    नेपाली चलचित्र क्षेत्रमा २०२२ देखि २०५० को दशकसम्म उल्लेख्य योगदान दिएर सम्मानित हुनु हुनेमा निर्देशकहरुबाट वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, अभिनेताबाट वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन के.सी., अभिनेत्रीबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द हुनुहुन्छ । यस्तै संगीततर्फबाट वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, नृत्य निर्देशनतर्फ वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशनतर्फ वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’बाट सम्मानित हुनु भएको छ ।

    यस्तै छायाङ्कनबाट वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, ध्वनीबाट वरिष्ठ ध्वानी विशेषज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माणबाट वरिष्ठ चलचित्र निर्माता छविराज ओझा, प्रचारतर्फबाट वरिष्ठ पोष्टर डिजाईनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकारिता तर्फबाट वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधार, चलचित्र विज्ञापन निर्माणतर्फबाट विज्ञापनका वरिष्ठ निर्माता निर्मलराज पौडेल, सञ्चार क्षेत्रबाट कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदान अन्तर्गत जापानी नागरिक डा. तोसिआकी इतोहलाई विशेष सम्मानबाट मन्त्री बास्कोटाले सम्मानित गरे ।

    चलचित्र भवनतर्फ नेपाली चलचित्रको प्रदर्शन मार्फत् विकास र विस्तारमा योगदान पु¥याउने चार ओटा हललाई विशिष्ट योगदान सम्मानबाट सम्मानित गरियो । जसमा काठमाडौंको विश्वज्योति सिनेमा भवन, विर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर र पोखराको विन्ध्यवासिनी चलचित्र भवनलाई र नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरियो ।

    यस्तै २०७५ सालमा प्रदर्शित नेपाली चलचित्रबाट तीन ओटा चलचित्र गोपी, बुलबुल र कथा ’७२ लार्ई विशेष चलचित्रबाट सम्मानित गरियो । विशेष चलचित्र छनौट समितिका निर्णायकहरु दयाराम दाहाल, नवल खड्का, सुशिल पोखरेल, सुदर्शन श्रेष्ठ र निर्मला चौलागाईलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरियो ।प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवम् एतिहासिक वृत्तचित्रलाई डिजिटाईजेसन गर्न उल्लेख्य योगदान पुर्याएबापत महेन्द्र प्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईंलाई पनि कदरपत्र प्रदान गरियो ।चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बाँस्कोटाको निर्देशन अनुसार साउनबाट आफुहरुले बक्स अफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्याकामा इन्डोर सुटिङ्ग स्टुडियो निर्माण गर्ने, आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने र छायाङ्कनको लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो । यस्तै आज सम्मानित हुने श्रष्टाहरुलाई केही रकम पनि चाँडै प्रदान गरिने अध्यक्ष भट्टराईले बताउनु भयो ।

    चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साँखीले बोर्डका वार्षिक गतिविधिबारे कार्यक्रममा प्रकाश पार्नुभयो । वरिष्ठ चलचित्र निर्देशक एवम् बोर्डका प्रथम अध्यक्ष यादव खरेलले चलचित्र नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै बोर्डले पूराना चलचित्र डिजिटलाईजेशन गरेकोमा त्यसको प्रशंसा गर्नुभयो । बोर्ड सदस्य दयाराम दाहालले बोर्डको भावी कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।

    बुधबार, असार १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा
    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...