• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

गर्मी छल्न उपयुक्त गन्तव्य गुल्मी


  •   बुधबार, असार ०४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा यतिबेला देशभर गर्मी व्यापक बढेको छ । प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी नेपालका बिभिन्न ठाउँमा अत्यधिक मात्रामा गर्मी बढेको हो ।अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । नेपलमा असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो ।तर पहिलो साता बित्न लाग्दा नेपाल भर यतिबेला अत्यधिक गर्मी बढेको छ । पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्दछन् ।मौसमविद्का अनुसार अझै एकसाता पहाडी भेगमा अत्यधिक गर्मी रहनेछ । तराइमा भने अलिक लामो समय गर्मी रहनेछ । गत सातानै आइपुग्नु पर्ने मनसुन यो वर्ष एकसाता ढिला हुने मौसमविद्को भनाइ छ ।पानी पार्ने मौसम भित्रिन ढिला हुँदा नेपालका पहाडी भेगको तुलनामा तराईमा अत्यधिक मात्रामा गर्मी बढेको छ । अहिले नेपालका मुख्य तराईका क्षेत्रहरुका अधिकतम तापक्रम ४३ डिग्री सम्म पुगेको मौसम बिदहरुले अनुमान गरेका छन् ।तराई र तराइका आसपासका क्षेत्र अत्याधिक मात्रामा गर्मी बढेको बेला गुल्मीमा भने गर्मीको आसै प्रभाव परेको छैन् । तराईबाट गर्मी छल्न यतिबेला पहाडी भेग अन्र्तगत गुल्मी उत्तम ठाउँको रुपमा परिचित छ ।जिल्लामा रेसुङ्गा अजुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास रहेको छ । समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहि रहेकाले तराईको गर्मी छल्न यतिबेला गुल्मीको रेसुङ्गा र अर्जुन उत्तम ठाउँको रुपमा परिचित छन् ।चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकन गर्न छिमेकी तराईका बुटवल लगायत बिभिन्न ठाउँबाट गर्मी वढेसँगै गुल्मी आउने बढेका छन् । वढ्दो गर्मीलाई गुल्मीको चिसो हावापानीसँग रमाउन जिल्लाबाट तराई बसाई सरेका र तराईमा बस्दै आएका पनि यतिबेला पहाडी जिल्ला मध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।तराईको जिल्लासँग नजिकै रहेको गुल्मी जिल्ला वुटवलबाट १ सय १५ किलोमिटर पक्की सड्क भएर सदरमुकाम तम्घास आउन सकिन्छ ।

    Advertisement

    यहाँ आउन बिभिन्न सवारी साधनहरु पयाप्त मात्रामा पाइन्छन् । तराइमा गर्मी दिनहुँ दिन बढिरहेको बेला गुल्मी तम्घासमा अधिकतम तापक्रम २७ सम्म पुग्ने गरेको छ ।जिल्ला सदरमुकाम तम्घासमा चिसो हावासँगै रेसुङ्गा अबलोकनका लागि यतिबेला तराईबाट आउनेको संख्यामा बृद्धि भएको छ । सदरमुकाम तम्घाससँगै यतिबेला चिसो हावासँग रमाउनको लागि रेसुङ्गा जाने पनि वढेका छन् ।तम्घासबाट रेसुङ्गा जानेहरुका लागि सवारी साधानबाट २५ मिनेटको यात्रा र केहि पैदल यात्रापछि पुग्न सकिन्छ । रेसुङ्गामा पुगेर बिभिन्न धार्मिक स्थलको अबलोकन र सुन्दर दृश्यसँग रमाउन सकिन्छ ।रेसुङ्गामा बस्नेहरुका लागि समिति मार्फत निशुल्क सादा खाना र बस्नको लागि वाँसको व्यवस्था पनि गरिएको छ । रेसुङ्गा क्षेत्र गर्मीसँगै शितलता लिन र अबलोकन गर्न यतिबेला निकै उत्तम समय रहेको छ । दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाश दखिने सुन्दर दृश्यले त्यहि बसेर रमाउन मन लाग्ने वातावरण यतिबेलाको मौसमा पाउन सकिन्छ । रेसुङ्गा धार्मिक ऐतिहासि र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो ।यहाँको महिमा महत्व बिचित्र रहेको छ । रेसुङ्गासँगै यतिबेला अर्जुन क्षेत्रमा पनि शितलता लिनको निम्ति घुम्ने र रमाउने ठाउँ रहेको छ ।तम्घासबाट २० मिनेटको यात्रापछि अर्जुन क्षेत्रमा पुग्न सकिन्छ । यहाँ पनि महिमा बिचत्र रहेको छ । गर्मिसँगै शितलता लिनको लागि पुग्न सकिने ठाउँ अर्जुन रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।

    बुधबार, असार ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...