कामना डेली,प्युठान। प्युठान जिल्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रीएपछी बितरणको काम सुरु गरिएको छ। अाजसम्म ९० प्रतिशत पाठ्यपुस्तक वितरण भैईसकेकाे छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखाले आवास्यक पर्ने नया पुस्तक जिल्ला भित्राएर नौ वटै स्थानीय तहको केन्द्रमा पुर्याएपछि बितरणको काम थालिएको हो । भर्नासंगै पुस्तक बितरण गर्ने तयारीमा बिध्यालय छन। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे पहलमा जिल्लामा पुस्तक वितरण गरिएकाे सचिव रमेश गिरीले बताउनु भयाे ।
प्युठानकाे सबै भन्दा दुर्गम गाैमुखि गाउँपालिकामा २६ गते एकै दिन ४५ वटा विद्यालयहरू मध्ये ४२ वटा विद्यालयहरूमा सत प्रतिशत पाठ्यपुस्तक वितरण गरिएकाे छ । त्यस्तै २७ गते माण्डवी गाउँपालिका मा रहेका २६ वटा विद्यालयहरू मध्ये २३ वटा विद्यालयमा एकै दिन पाठ्य पुस्तक वितरण गरिएकाे हाे भने २९ गते झिम्रुक झिमरुक गाउँपालिका र सरूमारानी गाउँपालिका वितरण छ त्यस्तै गरि ३० गते ऐरावती गाउँपालिकामा पाठयपुस्तक वितरण गरिएकाे छ , स्वर्गद्वारी ,प्युठान नगरपालिकाका विद्यालयहरूमा पनि पाठ्यपु्स्तक वितरण भईराखेकाे छ । नाैवहिनि ,मल्लरानी गाउँपालिकामा पनि प्राप्त मात्रमा पुस्तक पुगेकाे छ , भने बैशाक २ गते भर्ना हुने जिल्लाका सबै वालवालिकाहरूलाई पुस्तक पुराउने लक्ष्य राखिएकाे छ । ‘भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक हुन्छ ।’ जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख शिव पण्डितले भन्नुभयो, जिल्लामा आवाश्यक पर्ने पाठयपुस्तक भित्रीसकेको छ। उहाँका अनुसार हरेक सामुदायिक स्कुलले पुस्तक खरिद गरेर विद्यार्थीहरुलाई निःशुल्क उपलव्ध गराउनेछन् ।
‘प्युठानमा भर्ना भएको दिन पुस्तक उपलव्ध गराउन कुनै समस्या छैन । ढुक्क भएर भर्ना गर्नूस्, भर्नासंगै पूरा सेट भएको पाठ्यपुस्तक झोला भरी लिएर जानूस्’ उहाँले भन्नुभयो ।
प्युठानमा ९० प्रतिशत पाठयपुस्तक बितरण कहा कति ?
प्युठानमा ९० प्रतिशत पाठयपुस्तक बितरण कहा कति ?

Advertisement
तपाईको प्रतिक्रिया