• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद


  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
  • प्यूठान । अखिल (क्रान्तिकारी) प्यूठानकी जिल्ला अध्यक्ष शुसिला घर्तीले संगठनको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्। जिल्ला कार्यसमितिको कार्यावधि बाँकी रहँदै आफूलाई जिम्मेवारीबाट हटाइएको भन्दै असन्तुष्टि जनाएकी उनले जिल्ला अध्यक्षकै रूपमा काम गर्ने अडान लिएकी छन्। उनले यश बिषयमा फेसबुकमा स्ट्याट्स लेख्दै असन्तुष्टि जनाएकि छन।
    कामना डेलीसँग कुरा गर्दै घर्तीले आफूलाई कुनै आधिकारिक जानकारी नदिई जिम्मेवारी हेरफेर गरिएको गुनासो गरिन्। सडक दुर्घटनामा परेपछि सहयोग र अभिभावकत्व पाउनुको साटो जिम्मेवारी खोसिएको उनको भनाइ छ।
    २०८२ मंसिर २ गते सडक दुर्घटनामा परेपछि चिकित्सकको सल्लाहअनुसार लामो समय आराम गर्नुपरेको बताउँदै उनले संगठनको काम प्रभावित नहोस् भनेर उपाध्यक्ष केश सुनार ‘प्रजल’लाई कार्यवाहकको जिम्मेवारी दिएको स्पष्ट पारिन्। स्वास्थ्यमा सुधार आएपछि पुरानै जिम्मेवारीमा फर्किएर काम गर्ने विषयमा पार्टी तथा संगठनका नेताहरूसँग छलफलसमेत भएको उनले बताइन्।
    तर, आफूलाई जानकारी नै नदिई जिम्मेवारी हेरफेर गरिएको विषय सामाजिक सञ्जालबाट थाहा पाएको घर्तीले बताइन्। यसबारे जानकारी लिन खोज्दा संगठनका केन्द्रीय अध्यक्ष र प्रदेश अध्यक्षले फोन नउठाएको तथा पार्टीका जिल्ला अध्यक्ष र प्रदेशका मुख्य सचिवले समेत यस विषयमा आफूलाई जानकारी नभएको बताएको उनको भनाइ छ। आफूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारीसमेत सामाजिक सञ्जालबाट मात्रै पाएको बताउँदै घर्तीले उक्त पद अस्वीकार गरेकी हुन्।
    उनले भनेकी छन्, ‘संगठनमा जिम्मेवारी हेरफेरको विषयलाई लिएर सिनियर र जुनियर कमरेडहरूबीच उत्पन्न असन्तुष्टि, शङ्का र अभिव्यक्तिलाई सम्मान गर्दै यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छु। यस्ता निर्णयबारे मलाई कुनै आधिकारिक जानकारी थिएन। जानकारी लिन खोज्दा संगठनका केन्द्रीय अध्यक्ष र प्रदेश अध्यक्षले फोन रिसिभ गर्नुभएन। पार्टीका जिल्ला अध्यक्ष र प्रदेशका मुख्य सचिवसँग बुझ्दा उहाँहरूलाई समेत यस विषयमा जानकारी नभएको जवाफ पाएँ।
    लामो समयदेखि संगठनमा काम गर्दै आएकी आफूले अप्ठ्यारो परिस्थितिमा पार्टी र संगठनबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ। सडक दुर्घटनापछि सहयोग पाउनुको साटो जिम्मेवारीबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।
    पार्टी र संगठन विधि तथा विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै घर्तीले व्यक्तिगत स्वार्थ र आग्रहका आधारमा निर्णय गर्न नहुने बताएकी छन्। युवाहरूको असन्तुष्टिलाई बेवास्ता नगरी पार्टीले आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा छ।
    ‘कम्युनिस्ट आन्दोलन, विचार र जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा होमिएका युवाहरू विचार बाँचुन्जेल मात्रै पार्टीमा रहन सक्छन्, व्यक्तिको चाकडी गरेर र जयजयकार गरेर राजनीतिक यात्रा गर्न सकिँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
    घर्तीले आफ्नो सामाजिक, राजनीतिक तथा व्यक्तिगत जीवनमा असर पुग्ने गतिविधि नगर्नसमेत सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरेकी छन्।
    जिम्मेवारी हेरफेरको विषयलाई लिएर संगठनका वरिष्ठ तथा कनिष्ठ सहकर्मीहरूबीच उत्पन्न असन्तुष्टि र शङ्काप्रति उनले क्षमायाचनासमेत गरेकी छन्। साथै, आफ्ना शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिएकी छन्।

    Advertisement

    आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation