• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक


  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडानमा ५०० रुपैयाँ छुटदेखि वार्षिक प्याकेज खरिद गर्दा थप एक महिना सेवा उपलब्ध गराउनेसम्मका सुविधा समावेश छन् ।
    टेलिकमले बिहीबार सार्वजनिक गरेको योजनाअनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन् ।
    त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म सेवा प्रयोग गर्न पाउनेछन् । प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

    Advertisement

    मोबाइल डाटामा पनि विशेष अफर

    टेलिकमले मोबाइल सेवाका ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका दुईवटा ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज सार्वजनिक गरेको छ ।
    ४९९ रुपैयाँको प्याकेजमा दैनिक पाँच जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ ।
    त्यस्तै, ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा दैनिक १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ । दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।
    २०० रुपैयाँमा एक हजार मिनेट, ९९ रुपैयाँमा एक हजार एसएमएस
    टेलिकमले भ्वाइस र सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ । २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ ।
    त्यस्तै, ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि ३० दिनको हुनेछ ।
    मोबाइल सेवाअन्तर्गतका अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
    ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।पर्वलक्षित योजनाबाट नयाँ इन्टरनेट जडान गर्ने तथा मोबाइल डाटा, भ्वाइस र सन्देश सेवा प्रयोग गर्ने ग्राहक लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

    शनिबार, असोज २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने
    टिमुरेको टेलिफोन टावरमा सोलार जडान
    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation