प्यूठान । अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारी सुशीला घर्ती मगरले पाएकी छन् । संगठनको जिल्ला संयोजकमा केशर सुनार चयन भएका छन् ।
जिल्ला संयोजक सुनारले विद्यार्थी संगठनलाई उत्पादनसँग जोड्दै विद्यार्थीका जनजीविका र शैक्षिक सवालमा केन्द्रित भएर काम गर्ने बताएका छन् । विद्यार्थीका समस्या पहिचान गरी तिनको समाधान र शैक्षिक मुद्दाको सम्बोधनलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
सुनारले विद्यार्थीका हकहित र शैक्षिक सवालमा केन्द्रित हुँदै संगठनका गतिविधि जिल्लाभर विस्तार गर्ने लक्ष्य रहेको बताए ।
Advertisement