• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित


  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित
  • कोहलपुर — हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले चार जना स्रष्टालाई बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट सम्मान गरेको छ। सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ विमोचन गरिएको छ।
    कर्मयोगी बद्रीविक्रम थापाको सम्मानमा उनका सुपुत्र किरण थापाले स्थापना गरेको पुरस्कारबाट २०८२ र २०८३ का लागि दुई विधामा चार जना स्रष्टा सम्मानित भएका हुन्।
    २०८२ को बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार नेपालगन्जका उर्दू साहित्यकार मुस्तफ़ा अहसन क़ुरैशीलाई प्रदान गरिएको छ। २०८३ को सोही पुरस्कार प्यूठानमा जन्मिएका बालसाहित्यकार तथा बालसाहित्य समाजका केन्द्रीय अध्यक्ष विजयराज आचार्यले प्राप्त गरेका छन्।
    त्यस्तै, २०८२ को बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार कैलालीका कवि तथा सञ्चारकर्मी पुष्पराज जोशी र २०८३ को पुरस्कार बर्दियाकी कवि निरञ्जना चन्द ‘निरू’लाई प्रदान गरिएको छ। चारै जना स्रष्टाले जनही २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
    कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोपालप्रसाद अधिकारी र प्रतिष्ठानका अध्यक्ष डा. रिजालले स्रष्टाहरूलाई दोसल्ला, माला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरे।

    Advertisement

    ‘धरहराको बकपत्र’ विमोचित

    डा. रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ प्रमुख अतिथि अधिकारीसहित साहित्यकार नरेन्द्रजङ्ग पिटर, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रगतिशील लेखक सङ्घका सचिव डा. हरि तिमिल्सिना, कवि रिजाल र उनकी धर्मपत्नी कमला अधिकारीलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्।
    कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि अधिकारीले रिजालका कवितामा पूर्वीय काव्यशास्त्रका मूल्य–मान्यता र उत्कृष्ट पाश्चात्य कवितासँग तुलना गर्न सकिने विशेषता रहेको बताए। उनका अनुसार रिजालका कविताले बालक, युवा र प्रौढ सबै उमेर समूहका संवेदनालाई समेटेका छन्।
    मानवतावादी चिन्तन, नेपाली जनजीवनको यथार्थ चित्रण, ध्वनिगत सबलता र गहनता रिजालका कविताका बलिया पक्ष रहेको अधिकारीले उल्लेख गरे। पूर्वजिल्ला शिक्षा अधिकारी तथा साहित्यचिन्तक नीलकण्ठ रेग्मीले कृतिको समीक्षा गर्दै सङ्ग्रह मातृवन्दनाबाट सुरु भएर जन्मभूमिप्रतिको श्रद्धामा टुङ्गिएको बताए। उनले पूर्वीय कविता सिद्धान्तका आधारमा सङ्ग्रहका ८८ वटै कविता उत्तम काव्यको कोटिमा पर्ने टिप्पणी गरे।
    समीक्षक डा. हरिप्रसाद तिमिल्सिना र डा. खोपीराम वली क्षेत्रीले कविताको संरचना, भावभूमि, शीर्षकीकरण, ध्वनिचेतना, समसामयिकता, बिम्बविधान तथा मिथक, इतिहास र संस्कृति चेतनाका दृष्टिले कृति सुन्दर रहेको बताए।
    कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, ईश्वरीप्रसाद रिजाल तथा सम्मानित स्रष्टाहरू मुस्तफ़ा अहसन क़ुरैशी र पुष्पराज जोशीलगायतले शुभकामना मन्तव्य दिएका थिए। साहित्यकार सागर गैरेले पुरस्कार र स्रष्टाहरूको परिचय दिएका थिए भने प्रतिष्ठानका पूर्वअध्यक्ष कपिल अञ्जानले संस्थाका गतिविधिबारे जानकारी गराएका थिए।
    प्रतिष्ठानका अध्यक्ष डा. रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव प्रकाश मरासिनीले स्वागत मन्तव्य दिएका थिए। सचिव केशव निमेषले सञ्चालन गरेको कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ, सुर्खेत, दैलेख र जुम्लालगायत क्षेत्रका एक सयभन्दा बढी साहित्यकार, प्राध्यापक, शिक्षक तथा सञ्चारकर्मी सहभागी थिए।

    शनिबार, असोज २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ४.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ५.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ६.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ७.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ८.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...