राम बहादुर बिश्वकर्मा,प्युठान। यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजबाट सुरु भएको छ । आइतबार बिहान ८ बजेबाट भएको हो। जिल्ला शिक्षा समन्वय इकाइ प्युठान का शिक्षा प्रमुख शिबराज पण्डितका अनुसार यस वर्षको एसइई परीक्षामा प्युठानबाट यस वर्ष २ हजार ७ सय ५ विद्यार्थी एसइई परिक्षा दिएका छ्न । प्युठानमा एसईई परिक्षाका लागी १७ वटा परिक्षा केन्द्र तोकीएको छ । यस बर्ष ७ सस्थागत र ६७ सामुदायिक गरि जम्मा ७४ बिध्यालयका बिध्यार्थिले परिक्षा दिएका छ्न। यस वर्षदेखि पहिलोपटक सघीय संरचनाको स्वरुपअनुसार आजबाट सुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
त्यसैगरी नियमिततर्फ १३९४ छात्रा र १३११ छात्र रहेका छन् । त्यस्तै, नयाँ ग्रेड वृद्धिका लागि १९ केटा र केटी १३ पुरानो ग्रेड वृद्धिमा ८ केटा र ७ केटी र प्राविधिक तर्फ ५५ केटा र ३५ केटीले यस वर्षको एसईई परीक्षा दिँदैछन् ।
परीक्षालाई मर्या्दिन र व्यवस्थित बनाउन जिल्लाभर सीडीओ, प्रहरी प्रमुखसहितको अनुगमन टोली खटाइए सङ्गै पहिलो दिनको परिक्षा सौहाद्रपुर्ण तरिकाले सम्पन्न भएको पण्डितले जानकारी दिए ।