माधव खनाल,अर्घाखाँची । चैत्र १० गते विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँची जिल्लाबाट ३ हजार ४ सय ४० परीक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका विभिन्न १७ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १६०२ र छात्रा १८६१ गरी जम्मा ३ हजार ४ सय ६३ जनाले परीक्षा फर्म भरेपनी २३ जना परीक्षार्थीहरुभने अयोग्य भएका छन ।
त्यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र सन्धिखर्कमा निर्धारण गरीएको छ । जसमा १ सय जना छात्र र २३ जना छात्रा गरी जम्मा १२३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन । यस्तै प्राविधिक बिषयतर्फ ४९ परीक्षार्थीले एसईई परिक्षा दिदै छन । परीक्षामा १ जना परीक्षार्थी पुर्णदृष्टीबिहिन रहेको शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँचीमा प्रमुख मनिराम पराजुलीले जानकारी दिए ।
परीक्षाका लागि १७ केन्द्राध्यक्ष १८ सहायक केन्द्राध्यक्ष १७९ निरीक्षक १०५ जना सहयोगी कर्मचारी र २५५ जना सुरक्षाकर्मी खटीने छन । परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख पराजुलीले बताए । यसैबीच यस बर्षको एसईई परिक्षालाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सरोकारवाला निकायहरुले आग्रह समेत गरेका छन् ।
अर्घाखाँचीबाट ३ हजार ४ सय ४० विद्यार्थीले एसईई दिदैं
अर्घाखाँचीबाट ३ हजार ४ सय ४० विद्यार्थीले एसईई दिदैं

Advertisement
तपाईको प्रतिक्रिया