• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गैमुखी क्षेत्रको विकासमा गौमुखी माविको भुमिका उच्च रहने – सांसद रिजाल


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी,(ठूलाबेसी) प्युठान
    प्यूठान क्षेत्र नं. (क) बाट निर्वाचित सांसद हरि रिजालले गौमुखी क्षेत्रको विकासको लागि गौमुखी माध्यमिक विद्यालयको उच्च भूमिका रहने बताउनु भएको छ । गौमुखी माध्यमिक विद्यालयको २८ औँ वार्षिक उत्सव समारोहको अवसरमा प्रमुख अथितिको आसनबाट बोल्दै विद्यालय स्थापनाको छोटो समयमा जुन प्रगति गरेको छ यो प्रगतिले समाज र देश विकासको लागि एउटा महत्वपूर्ण आधार हुने बताउदै शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयले थप पाइला चाल्नुपर्ने धारणा व्यक्त गर्न भएको थियो । त्यस्तै कपिल्वस्तुबाट निर्वाचित प्रदेश सांसद् अर्जुन के.सी.ले विकासको लागि हामी सँगै अगाडि बढेका राष्ट्र धेरै अगाडि बढिसकेको तर हामी भने ती राष्ट्रमा गएर मजदुरी गर्नुपर्ने बिवसता कायम रहनु राष्ट्रको लागि दुखद् भएको धारणा राख्नु् भएको थियो । सांसद् केसीले भन्नुभयो,‘हामीले शिक्षामा ध्यान दिएनौ भने हाम्रो पुस्ता धेरै नै पछि पर्छ, सबैले वेलैमा ध्यान दिनुपर्छ । ’
    कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले गौमुखी माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न गाउँपालिकाले पुरै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख शिवराज पण्डितले विद्यालयमा आफ्ना छोराछोरीले के सिके ? कति पढाइ भयो ? शिक्षक उपस्थित छन् कि छैनन् ? अभिभावकले ध्यान नदिएसम्म विद्यालयले प्रगति गर्न र छोराछोरी राम्रा बन्न नसक्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा विद्यालयको पूर्व प्रधानाध्यापकहरू तेज प्रसाद मिश्रण, भरत बहादुर के.सी, भेषमान गिरी, गौमुखी गाउँपालिका वडा नं. ४ का अध्यक्ष टुक बहादुर के.सी., वडा नं. ५ का वडा अध्यक्ष हुम बहादुर के.सी., समाजसेवी ज्ञामुराम न्यौपाने, नेपाल शिक्षक महासंघ गौमुखी गाउँपालिकाका अध्यक्ष युग बहादुर के.सी. लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रमको अवसरमा विभिन्न दाताहरूले विद्यालयमा अक्षयकोष स्थापना गरिदिने घोषणा पनि गरेका थिए । स्वर्गीय बुबा दीर्घ बहादुर के.सी.को स्मृतिमा कपिलबस्तु निवासी छोरा अर्जुन के.सी.को परिवारले ३ लाख, स्वर्गीय सञ्जय पण्डित र मुकेश पण्डितको स्मृतिमा टिकुरी निवासी बुबा तेज प्रसाद मिश्रणले १ लाख ५० हजार, स्वर्गीय युवराज के.सी.को स्मृतिमा ठूलाबेसी निवासी बुबा सिताराम के.सी.ले ३० हजार बराबरको अक्षयकोष स्थापनाको घोषणा गरी चेक तथा नगद हस्तान्त्रण गरिएको थियो ।
    कार्यक्रममा अक्षयकोष दाताहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कार्य गर्ने अभिभावक तथा शिक्षकहरूलाई पुरस्कृत गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप एवं २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरष्कृत समेत गरिएको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर के.सी.ले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यद्वारा स्वागत विद्यालयका शिक्षक माधवराज पोख्रेलले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्र प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

    Advertisement

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation