• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ६. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ७. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ८. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

एमाले एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय


  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ ।

    Advertisement

    ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विभाजननजिक पुगेको छ ।

    एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरु भएको छ । शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन् ।

    ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताले एकता जोगाउने विषयमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार सोमबार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको छ ।

    ‘कम्युनिस्ट आन्दोलनको जगेर्ना र एकताका लागि हामी गम्भीर छलफलमा छौं,’ सहभागी ती नेताले राजधानीसँग भने, ‘हामी आफै लडेर कोही कसैलाई फाइदा हुँदैन, एमाले ब्युँतिएपछि २ जेठकै अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

    ओली र नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् ।

    विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेको थियो । तर, सो कार्यदल निष्क्रिय अवस्थामा छ । नेताहरू कार्यदलमार्फत पार्टी एकता विषयमा छलफल अघि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन् । साथै ओली र नेपालबीच छलफल गराउने प्रयास उनीहरूले गरिरहेका छन् ।

    नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को पार्टी नेतृत्व, विधान, कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानमा छ । तर, ओली समूह यसबीच माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता व्यवस्थापन गर्दै अघि बढनुपर्ने अडानमा छ ।

    नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका ११ नेतालाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट कारबाही गरेको ओली समूहले अर्को चरणमा १२ नेतालाई स्पष्टीकरण सोधेको छ । तर, उनीहरूले अहिलेसम्म जवाफ दिएका छैनन् ।

    पार्टी निर्णय उल्लंघन गरेको, आफ्नै पार्टी नेतृत्वको सरकार गिराउने, विश्वासको मत नदिने, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने, राष्ट्रिय सभा उपनिर्वाचनमा असहयोगलगायत आरोप ओली समूहले नेपाल समूहमाथि लगाउँदै आएको छ । पार्टी विधान उल्लंघन गर्ने, आफूखुसी मनपरी अघि बढ्न खोज्ने, प्रतिनिधिसभा विघटन, सरकार सञ्चालनमा असफल भएकोलगायत आरोप ओलीमाथि नेपाल समूहले लगाउँदै आएको छ ।

    यसैबीच, मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउने विषयमा अन्तिमसम्म प्रयास जारी नै राख्ने निष्कर्ष निकालेको छ । परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकता जोगाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

    ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे बैठकमा विवेचना भयो,’ उनले भने, ‘एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्नेबारेमा छलफल भएको छ ।’

    बैठकमा १२ नेतालाई कारबाही गर्ने एजेन्डा भए पनि अन्तिम समयमा त्यस विषयमा निर्णय केही पनि भएन । यसअघि नै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र विरोध खतिवडालाई स्पष्टीकरण सोधिएको थियो । याे समाचार सुभाष साहले राजधानी दैनिकमा लेखेका हुन् ।

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ६.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    भर्खरै

    • १.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • २.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ३.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • ४.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ५.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ६.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ७.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ८.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation