• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?


  •   बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • प्युठान। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित प्युठानको स्वर्गद्वारी पुग्ने जो–कसैको ध्यान छेउछाउका खेतबारीमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि मंसिर, पुस र माघसम्म यहाँका बारीहरू एकनास हरियो देखिन्छ । ठूलो पात, बाक्लो बोट र डाले घाँसको आँठोजस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ छुट्टै पहिचान बनाइसकेको छ ।
    स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले यहाँको माटो, हावापानी र गोबर मलले साग असाध्यै राम्रो उत्पादन हुने बताउनुभयो । उहाले भन्नुभयो, ’एक पात नै पाँच–सात जनाको परिवारलाई पुग्ने गरी उत्पादन हुन्छ।’ उहाँका अनुसार, बारीमा उत्पादन हुने साग भारी बनाएर ओसार्नुपर्छ ।
    गोठको दक्षिणतर्फ फैलिएको १९ रोपनी क्षेत्रफलमा रायोको व्यवस्थित खेती भइरहेको छ । आश्रमको मेसमा दैनिक करिब ७ सय जनालाई खाना पकाइने भएकाले साग यहाँ अनिवार्य परिकार हो । अधिकारीले भन्नुभयो, ’हाम्रो भान्सामा प्रत्येक दिन साग पक्छ । उत्पादन पर्याप्त भएकाले बजारतिर निर्भर हुनुपर्दैन।’
    साग खेतीका लागि आश्रमले चार जना महिलालाई ज्यालादारीमा राखेको छ । उनीहरूले बारीको स्याहार, पानी सिँचाइ, टिपाइदेखि सागको भारी ओसार्नेसम्मको काम गर्छन् । बिहान सबेरै घामसँगै बारीमा काम सुरु हुन्छ र बेलुकीसम्म चलिरहन्छ । जो २० वर्षदेखि आश्रममा साग रोप्नेदेखि भान्सासम्म काम गर्दै आएकी कोचिवाङकी निमा खत्रीले भन्नुभयो, ’साग टिप्दा पात नै यति ठूलो हुन्छ कि भारी बनाउनै पर्ने हुन्छ । पाहुनाले अचम्म मानेर सोध्छन् ‘यो साग हो कि घाँसको भारी ?’
    स्वर्गद्वारीको गौशालामा पालिएका गाईको गोबरले बारी मलिलो बनाउँछ। यही कारणले यहाँको साग स्वादिलो र पोसिलो हुने स्थानीयको बुझाइ छ ।
    स्थानीयका लागि भने यो दृश्य सामान्य भइसकेको छ । खेतमा उम्रिएको साग भारी बनाएर भान्सामा पुग्छ, अनि पाहुनासँग फेरि गाउँसम्म कोसेली बनेर फर्किन्छ ।
    स्थानीयहरू पनि सागको मौसमको लाभ उठाउँछन् । स्वर्गद्वारी नगरपालिकाका १, २ र ३ का उपल्लो क्षेत्रका बासिन्दा गाईको लागि खर लिएर आश्रम पुग्छन् र साग बोकेर फर्कन्छन् । स्वर्गद्वारीमा वर्षौँदेखि चलिरहेको सामुदायिक परम्परा यही हो ।
    –गोरखापत्र दैनिकमा समाचार छ।

    Advertisement

    बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation