• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

नेपालका चौबिस स्थान भासिने खतरामा


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो । कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ । वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ । विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमिन भासिएर फसेको गाडी त्यही दलदलमै छ ।

    Advertisement

    गाडी भासिएको चर्चा भइरहँदा देशका धेरै स्थान सिङ्कहोल निर्माण हुने जोखिममा रहेकोतर्फ भने धेरैको चासो पुगेको छैन । विभागकै भूविज्ञान महाशाखाका उपसचिव शिवकुमार बास्कोटाका अनुसार झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

    त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ ।

    कसरी बन्छ सिङ्कहोल ?

    वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु आफैँमा खतरापूर्ण हुने बताउनुभयो । प्राडा धितालले जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जमिनको कुनै भागमा एकाएक आफैँ प्वाल पर्नु नै सिङ्कहोल हो । जमिनको माथिल्लो भागमा कडा खालको माटो वा चट्टान रहेको हुन्छ । तल नरम अथवा पानीमा घुलनशील चट्टान अथवा माटो भएमा जमिनमुनिको सतहको पानीले त्यसलाई घोल्दै बगाएर लगेमा त्यस्तो ठाउँ भासिन्छ अझ माथि केही संरचना बनाउँदा झन् जोखिम हुन्छ ।”

    उहाँले पोखरामा धेरै त्यस्ता भूगोल रहेको आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै चुनढुङ्गाको चट्टान भएमा, गुफा वा भित्री च्यानल बढी रहेको खोव्रmो ठाउँमा जमिन भासिने बताउनुभयो । प्राडा धितालले भन्नुभयो “भौगर्भिक अध्ययनबिना पोखरी बनायौँ, सडक बनायौँ वा भूकम्प आयो भने पनि पहिलेको अवस्थामा परिवर्तन आउँछ । जमिन भासिने गर्छ ।”

    भूगर्भ विभागका महानिर्देशक झाले जमिन भासिने सम्भावना भएका क्षेत्रका पहिचान गरी खतरायुक्त स्थानबारे सचेतना प्रदान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमै गएर पनि जोखिमयुक्त स्थानको पहिचान गरी भौतिक संरचना निर्माण गर्दा सुरक्षा अपनाउन र त्यस्ता ठाउँमा संरचना नबनाउन आग्रह गरिएको छ ।”

    खतरापूर्ण हुन्छ सिङ्कहोल

    वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु जोखिमपूर्ण हुने बताउनुभयो । प्राडा धितालका अनुसार जमिन भासिएर बन्ने दलदललाई चलाउँदा नजिकका अरू भौतिक संरचनामा पनि क्षति पुग्न सक्छ । उहाँले भौगर्भिक अध्ययनबिना भासिएको क्षेत्रमा जान पनि नहुने बताउनुभयो ।

    महानिर्देशक झाले भौतिक संरचना निर्माण गर्दा भासिने खतरा छ कि छैन भन्ने अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार जोखिमयुक्त स्थानको अध्ययन सम्पन्न गरी स्थानीय तहलाई पनि त्यसबारे सचेत गराइएको छ । उहाँले भन्नुभयो, “तर कतिपय सम्बन्धित स्थानीय निकायले विभागको सुझावलाई कार्यान्वयन नै गरेका छैनन् ।गोरखापत्र दैनिकमा समाचार छ।

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation