काठमाडौं। राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा स्वागत गर्दै मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिएका छन् ।
मनाङेले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस प्रवेश गरेको तस्बिर सार्वजनिक गर्दै आफूले जिल्ला संयोजकको जिम्मेवारी पाएको जानकारी दिएका हुन् । उनले संयोजकको जिम्मेवारीसम्बन्धी पत्र डा. कोइरालाबाट ग्रहण गरेको बताएका छन्।
‘नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विचार र आदर्शलाई आत्मसात गर्दै मनाङ जिल्लाको संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन इमानदारी, निष्ठा र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।
उनले आफूले पाएको जिम्मेवारीलाई पदका रूपमा मात्र नलिएको उल्लेख गर्दै पार्टी संगठन, कार्यकर्ता र आम नागरिकप्रतिको थप जिम्मेवारी र विश्वासका रूपमा लिएको बताएका छन् । आगामी दिनमा सबैको साथ, सुझाव र सहकार्यलाई आत्मसात गर्दै अघि बढ्ने उनको भनाइ छ ।
मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए।
कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
Advertisement
तपाईको प्रतिक्रिया