काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा जगेडा हुने ८५.६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने भएको छ।
प्राधिकरणको सञ्चालक समितिले भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा उक्त विद्युत बिक्री गर्ने निर्णय गरेको हो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेर बाँकी रहने विद्युत भारतीय विद्युत बजारमा बिक्री गरिनेछ।
विद्युत खरिद–बिक्री सम्झौताको मस्यौदाबारे यसअघि विद्युत नियमन आयोगको परामर्श लिने निर्णय भएको थियो। आयोगले भदौ २ गते सहमति दिएपछि प्राधिकरणले असोज ३ गते सम्झौताको मस्यौदा स्वीकृत गरेको हो। आयोगको सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म ८५.६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने प्रस्ताव सञ्चालक समितिमा पेश गरेका थिए। भविष्यमा दुई पक्षबीच सहमति भए बिक्रीको क्षमता थप गर्न सकिने प्रस्तावमा उल्लेख छ।
सञ्चालक समितिले कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसअनुसार विद्युत बिक्री गर्ने निर्णय गरेको हो।
सञ्चालक समिति अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्णयमा हस्ताक्षर गर्दै विद्युत खरिद–बिक्री सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी दिएका छन्।
वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
Advertisement
तपाईको प्रतिक्रिया