प्युठान। प्युठानका विभिन्न स्थानमा रहेका तामाखानी जंगलमै पुरिएर खेर गईरहेका छन। तत्कालिन समयमा छिना,गल,घन र कोदालोको प्रयोग गरेर पुर्खाले उत्खनन् गरेको गौमुखी गाउँपालिकाको पुजा,रजवारा र अर्खामा रहेको तामाखानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेको हो।
यहाँ तामा निकाल्ने क्रममा खनिएको सुरुङ, काठका थामहरु र पुराना ढुंगाहरु समेत अझै भेटिन्छ। तर, खानीबाट धातु निकाल्ने धाउ(सुरुङ)हरु पुरिएका छन।
गौमुखी वाग्लीबाङका स्थानीय हरि सुनारले जंगलैभरी प्रशस्त तामाखानी भएपनी प्रयोगमा नआउँदा पुरिन थालेको बताउनुभयो।
बीस २०५३ सालमा खानी तथा भुगर्भ विभागको टोलीले खानी स्थलमा पुगेर तामा भएको पुष्टि गरेको थियो।
उहाले भन्नुभयो,’ जंगलभरी तामाखानी छ,सरकारले उत्खन्न गरेको छैन।’ उहाले खानि उत्खनन् भए गाउँको मुहार फेरिन्छ भन्नुभयो।’
उहाले तामाखानीको अद्यन अवलोकन गर्ने भनेर बेलाबेलामा चिनियाँ टोलि आउने गरेको समेत सुनाउनुभयो।
उहाका बाजे बराजुहरूले गाउँकै स्रोत साधनले खनेर तामा निकालेका थिए। त्यसबाट बनेका गाग्री, ताउला जस्ता घरायसी भांडाकुडा अझै गाउँमा सुरक्षित रहेका छ्न । तामा निकाल्ने क्रममा खानिभित्र एकैपटक २२ जनाको पुरिएर ज्यान गएपछी खानी बन्द गरिएको कुरा यहाका बुढापाकाहरुले सुनाउने गरेको सुनारले बताउनुभयो।
तामाको प्रशस्त सम्भावना भएर पनि उत्खनन हुन नसकेको गौमुखी गाउपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।’ हाम्रो पालिकाभित्र प्रशस्त तामाखानी छ्न, स्थानीय तहलाइ खानी संचालनको अधिकार दिएको छैन।’
यद्धपी,हामीले यस्लाई संरक्षण र व्यवस्थित गर्न पहल गरेका छौ।
सरकारले तामाखानी सञ्चालनमा ल्याएमा स्थानीयस्तरमै रोजगारीका र आयआर्जनको अवसर प्राप्त हुने उपाध्यक्ष रानाले बताउनुभयो।
गौमुखी क्षेत्रलाई पर्यटन गन्तव्य बनाउनका लागि वाग्लिवाङवासीले होमस्टे समेत चलाएका छन् । नेपाल पर्यटनबोर्डको सहयोगमा ४५ किलोमिटर लामो पदमार्ग समेत निर्माण गरिएकोछ । स्थानीय सत्ताले समेत बजेट व्यवस्था गरेर पर्यटन बिकासको पहल लिएको छ। तामाखानी क्षेत्रमा पुग्ने गोरेटो बाटो,रेलिङ निर्माण भएको छ। योसँगै तामाखानी र ढुंगाखानीहरुको पनि उत्खनन् भइदिए गौमुखीको विकासमा टेवा पुग्ने स्थानीयहरुको आशा छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ।
प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
Advertisement
तपाईको प्रतिक्रिया