• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

मातृभाषा सिक्दै कुसुन्डा


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • प्युठान। दाङ, राजपुर गाउँपालिका–७ निवासी बालाराम कुसुन्डा ३७ वर्ष पुग्नुभयो तर उहाँलाई अहिलेसम्म मातृभाषा बोल्न आउँदैन । “म कुसुन्डाको छोरा हुँ तर आफ्नै भाषा बोल्न, लेख्न जान्दिनँ,” उहाँले भन्नुभयो, “त्यसैले प्युठान आएर भाषा सिक्दै छु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।”
    बालाराम हाल प्युठानको सरुमारानी–४, बड्डाँडामा कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, “परिवारमा कसैले यो भाषा जान्दैन । यदि नसिक्ने हो भने हाम्रो भाषा, संस्कृति र पहिचान सबै हराउँछ ।” १० कक्षासम्म पढ्नुभएका बालारामले भविष्यमा कुसुन्डा भाषा जानेर अरूलाई सिकाउने धोको रहेको सुनाउनुभयो ।
    स्वर्गद्वारी नगरपालिका–२, खालका राजु कुसुन्डालाई आफ्नो कुसुन्डा भाषा छ भन्ने थाहा भए पनि ज्ञान थिएन । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाको भाषा जान्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।” ४० वर्षीय राजु पनि कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ ।
    सरुमारानी गाउँपालिकाले कुसुन्डा भाषा संरक्षणका लागि १५ दिने भाषा कक्षा सञ्चालन गरेको छ । पालिकाले कुसुन्डा भाषा संरक्षणसम्बन्धी कानुनसमेत पारित गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भन्नुभयो, “हाम्रो उद्देश्य कुसुन्डा भाषा नयाँ पुस्तामा हस्तान्तरण गरेर यसको संरक्षण र विकास गर्नु हो ।”
    देशभरका ३५ वटा कुसुन्डा समुदायका सदस्य सहभागी प्रशिक्षण सोमबारदेखि सुरु भएको छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले सरुमारानी गाउँपालिका कुसुन्डा भाषा कक्षा सञ्चालन गर्ने देशकै पहिलो पालिका रहेको दाबी गर्नुभयो । उहाँले कुसुन्डा भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकाले प्रशिक्षण सञ्चालन गरेको बताउँदै सबैको चासो बढे भाषा जीवित रहने उल्लेख गर्नुभयो ।
    दाङ, घोराही–१८, सुपैलाखुटीकी ५० वर्षीया कमला कुसुन्डा एक जना मात्र कुसुन्डा भाषा बोल्न जान्नुहुन्छ । उहाँबाहेक यो भाषा जान्ने कोही पनि छैन । कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक उदय आलेका अनुसार अहिलेसम्म कुसुन्डा भाषा पुनर्जीवित गर्न सकिने अवस्थामा छ । कुसुन्डा भाषा नेपालमा रहेका चार भाषा परिवारमा नपर्ने अलग भाषा हो । यसका २५ व्यञ्जन वर्ण र छ वटा स्वर वर्ण तथा करिब दुई हजार मूल शब्द छन् । नेपालका प्युठान, रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, सुर्खेत, तनहुँ, गोरखालगायतका जिल्लामा कुसुन्डा जातिको बसोबास छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले प्युठानसहित आठ जिल्लामा १५९ जति कुसुन्डा बसोबास रहेको जानकारी दिनुभयो, जसमा ६७ पुरुष र ९२ जना महिला छन् ।

    Advertisement

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation