• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ३. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ७. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

मातृभाषा सिक्दै कुसुन्डा


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • प्युठान। दाङ, राजपुर गाउँपालिका–७ निवासी बालाराम कुसुन्डा ३७ वर्ष पुग्नुभयो तर उहाँलाई अहिलेसम्म मातृभाषा बोल्न आउँदैन । “म कुसुन्डाको छोरा हुँ तर आफ्नै भाषा बोल्न, लेख्न जान्दिनँ,” उहाँले भन्नुभयो, “त्यसैले प्युठान आएर भाषा सिक्दै छु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।”
    बालाराम हाल प्युठानको सरुमारानी–४, बड्डाँडामा कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, “परिवारमा कसैले यो भाषा जान्दैन । यदि नसिक्ने हो भने हाम्रो भाषा, संस्कृति र पहिचान सबै हराउँछ ।” १० कक्षासम्म पढ्नुभएका बालारामले भविष्यमा कुसुन्डा भाषा जानेर अरूलाई सिकाउने धोको रहेको सुनाउनुभयो ।
    स्वर्गद्वारी नगरपालिका–२, खालका राजु कुसुन्डालाई आफ्नो कुसुन्डा भाषा छ भन्ने थाहा भए पनि ज्ञान थिएन । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाको भाषा जान्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।” ४० वर्षीय राजु पनि कुसुन्डा भाषा सिक्दै हुनुहुन्छ ।
    सरुमारानी गाउँपालिकाले कुसुन्डा भाषा संरक्षणका लागि १५ दिने भाषा कक्षा सञ्चालन गरेको छ । पालिकाले कुसुन्डा भाषा संरक्षणसम्बन्धी कानुनसमेत पारित गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भन्नुभयो, “हाम्रो उद्देश्य कुसुन्डा भाषा नयाँ पुस्तामा हस्तान्तरण गरेर यसको संरक्षण र विकास गर्नु हो ।”
    देशभरका ३५ वटा कुसुन्डा समुदायका सदस्य सहभागी प्रशिक्षण सोमबारदेखि सुरु भएको छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले सरुमारानी गाउँपालिका कुसुन्डा भाषा कक्षा सञ्चालन गर्ने देशकै पहिलो पालिका रहेको दाबी गर्नुभयो । उहाँले कुसुन्डा भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकाले प्रशिक्षण सञ्चालन गरेको बताउँदै सबैको चासो बढे भाषा जीवित रहने उल्लेख गर्नुभयो ।
    दाङ, घोराही–१८, सुपैलाखुटीकी ५० वर्षीया कमला कुसुन्डा एक जना मात्र कुसुन्डा भाषा बोल्न जान्नुहुन्छ । उहाँबाहेक यो भाषा जान्ने कोही पनि छैन । कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक उदय आलेका अनुसार अहिलेसम्म कुसुन्डा भाषा पुनर्जीवित गर्न सकिने अवस्थामा छ । कुसुन्डा भाषा नेपालमा रहेका चार भाषा परिवारमा नपर्ने अलग भाषा हो । यसका २५ व्यञ्जन वर्ण र छ वटा स्वर वर्ण तथा करिब दुई हजार मूल शब्द छन् । नेपालका प्युठान, रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, सुर्खेत, तनहुँ, गोरखालगायतका जिल्लामा कुसुन्डा जातिको बसोबास छ । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले प्युठानसहित आठ जिल्लामा १५९ जति कुसुन्डा बसोबास रहेको जानकारी दिनुभयो, जसमा ६७ पुरुष र ९२ जना महिला छन् ।

    Advertisement

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    भर्खरै

    • १.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • २.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ७.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ८.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation