• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान


  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित
  • दाङ — लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग पहिचान तथा नियन्त्रणका लागि प्रदेशका सबै जिल्लामा छाला रोगसम्बन्धी स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ।
    प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका नयाँ बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको समयमै पहिचान र उपचारमा थप प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्। चालु आर्थिक वर्षमै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गरिने उनले जानकारी दिए। नेपाल कानुन समाजले आयोजना गरेको ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री आचार्यले कुष्ठरोग निवारणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
    ‘कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ। तथ्यांक पनि घट्दो अवस्थामा छ,’ उनले भने, ‘यो वर्ष सबै जिल्लामा छाला रोगको पहिचान गर्न स्क्रिनिङ अभियान सञ्चालन गर्छौं।’
    उनका अनुसार कुष्ठरोगसँगै नसर्ने रोगको समस्या पनि प्रदेशमा बढ्दै गएको छ। क्यान्सरलगायतका रोगको जोखिम बढिरहेका बेला समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्नुपर्ने उनले बताए।
    मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोगका कारण सामाजिक लाञ्छना र विभेदको डरले प्रभावितले रोग लुकाउने गरेको उल्लेख गरे। पछिल्लो समय त्यस्तो अवस्था केही कम भए पनि रोगसम्बन्धी भ्रम र सामाजिक विभेद अन्त्य गर्न जनचेतना विस्तार आवश्यक रहेको उनको भनाइ छ।‘सकेसम्म यो रोग लुकाउन खोज्ने अवस्था विगतमा थियो। अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘तर चेतना अभिवृद्धि जति गर्नुपर्ने हो, त्यसलाई अझै बढाउन जरुरी छ।’
    उनले कुष्ठ प्रभावितलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्ने बताए। सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकरण गरी प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।
    कुष्ठरोगलाई स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी प्रभावितको सामाजिक तथा आर्थिक अवस्थासँग पनि जोडेर हेर्नुपर्ने उनले बताए। रोगका कारण हुने विभेद अन्त्यका लागि सरकारी कार्यक्रमसँगै समुदायस्तरमा समेत चेतना विस्तार गर्नुपर्ने उनको भनाइ छ।
    कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानवअधिकारसँग जोडिएको विषय भएको बताए। नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास बढाउन आवश्यक रहेको उनले बताए।
    वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ हजार ४ सय ९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका कुष्ठरोगीको संख्या २ हजार ६ सय ८ रहेको उनले जानकारी दिए। स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५ सय ४७ जना कुष्ठरोगका बिरामी छन्। कुष्ठरोगका कारण हुने लाञ्छना र विभेद घटाउन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताइन्।
    कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना, प्रमुख सचिव विनोदबहादुर कुँवर र उपसभामुख मेनुका खाँड केसीलगायतले कुष्ठ प्रभावितको अधिकार, उपचार, सामाजिक सुरक्षा तथा आर्थिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए।
    न्याय परिषद्का पूर्वसदस्य पदमप्रसाद वैदिकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले गरेका थिए।

    Advertisement

    शनिबार, असोज १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation