• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान


  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित
  • दाङ — लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग पहिचान तथा नियन्त्रणका लागि प्रदेशका सबै जिल्लामा छाला रोगसम्बन्धी स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ।
    प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका नयाँ बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको समयमै पहिचान र उपचारमा थप प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्। चालु आर्थिक वर्षमै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गरिने उनले जानकारी दिए। नेपाल कानुन समाजले आयोजना गरेको ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री आचार्यले कुष्ठरोग निवारणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
    ‘कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ। तथ्यांक पनि घट्दो अवस्थामा छ,’ उनले भने, ‘यो वर्ष सबै जिल्लामा छाला रोगको पहिचान गर्न स्क्रिनिङ अभियान सञ्चालन गर्छौं।’
    उनका अनुसार कुष्ठरोगसँगै नसर्ने रोगको समस्या पनि प्रदेशमा बढ्दै गएको छ। क्यान्सरलगायतका रोगको जोखिम बढिरहेका बेला समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्नुपर्ने उनले बताए।
    मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोगका कारण सामाजिक लाञ्छना र विभेदको डरले प्रभावितले रोग लुकाउने गरेको उल्लेख गरे। पछिल्लो समय त्यस्तो अवस्था केही कम भए पनि रोगसम्बन्धी भ्रम र सामाजिक विभेद अन्त्य गर्न जनचेतना विस्तार आवश्यक रहेको उनको भनाइ छ।‘सकेसम्म यो रोग लुकाउन खोज्ने अवस्था विगतमा थियो। अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘तर चेतना अभिवृद्धि जति गर्नुपर्ने हो, त्यसलाई अझै बढाउन जरुरी छ।’
    उनले कुष्ठ प्रभावितलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्ने बताए। सामाजिक सुरक्षा भत्तालाई सबैका लागि एउटै ढाँचामा भन्दा आवश्यकता र अवस्थाका आधारमा वर्गीकरण गरी प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।
    कुष्ठरोगलाई स्वास्थ्य समस्याका रूपमा मात्र नहेरी प्रभावितको सामाजिक तथा आर्थिक अवस्थासँग पनि जोडेर हेर्नुपर्ने उनले बताए। रोगका कारण हुने विभेद अन्त्यका लागि सरकारी कार्यक्रमसँगै समुदायस्तरमा समेत चेतना विस्तार गर्नुपर्ने उनको भनाइ छ।
    कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानवअधिकारसँग जोडिएको विषय भएको बताए। नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन र प्रभावित व्यक्तिमा आत्मविश्वास बढाउन आवश्यक रहेको उनले बताए।
    वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ हजार ४ सय ९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका कुष्ठरोगीको संख्या २ हजार ६ सय ८ रहेको उनले जानकारी दिए। स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा हाल ५ सय ४७ जना कुष्ठरोगका बिरामी छन्। कुष्ठरोगका कारण हुने लाञ्छना र विभेद घटाउन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताइन्।
    कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, पूर्वअर्थसचिव शिशिरकुमार ढुंगाना, प्रमुख सचिव विनोदबहादुर कुँवर र उपसभामुख मेनुका खाँड केसीलगायतले कुष्ठ प्रभावितको अधिकार, उपचार, सामाजिक सुरक्षा तथा आर्थिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए।
    न्याय परिषद्का पूर्वसदस्य पदमप्रसाद वैदिकको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले गरेका थिए।

    Advertisement

    शनिबार, असोज १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation