प्युठान। प्युठानका विभिन्न गाउँमा देवालीको रौनक बढेको छ। सबैले आआफ्ना कुलको पूजा गर्ने भएकाले देवाली पर्वलाई यहाँ ठुलो महत्वका साथ मनाइने गरिन्छ ।
नयाँ पुस्ताले समेत आफ्नो संस्कृति भन्दै देशविदेशबाट घर फर्कने हुँदा मंसिर महिनामा जिल्लाका विभिन्न गाउँमा देवालीको चहलपहल हुने गरेको स्थानीय महेश थापाले बताउन्भयो । उहाँले भन्नुभयो, “यो आफन्तबिच भेटघाट र आशीर्वाद थाप्ने पर्व पनि हो। यो पर्वमा देशविदेशमा छरिएर रहेका दाजुभाइ जन्मभूमिमा भेला भई आफ्नो कुलको पूजा गर्ने गर्छन्।” यो परम्परा पुस्ताँदेखि चलिरहेको समेत उहाँले सुनाउनुभया ।
देवालीमा कुलदेवतालाई चढाउने भन्दै सबैले बोका काट्ने चलन छ। यसरी चढाएको बोका प्रसादका रूपमा आफन्त र इष्टमित्रलाईं घरमा पाहुना बोलाएर खुवाउने प्रचलन रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ। जिल्लामा दशैंतिहारभन्दा पनि बढी महत्त्वका साथ यो पर्व मनाइने गरिएको थापाले सुनाउनुभयो । जिल्लामा यो वर्ष विष्ट, पोखेल, खड्का, केसी, नेपाली, पुन, घर्ती, बस्नेत, थापालगायत गाउँबस्तीमा विभिन्न देवाली पर्वको रमझम छ। मंसिर पूर्णिमामा खैराका बस्नेतहरूले र पञ्चमी तिथिमा दाखाक्वाडीका विष्टले देवाली गरेका छन् । पाण्डेडाँडाका पाण्डेले पनि देवालीको तयारी गरेका छन्।
त्यस्तै माडी क्षेत्रका रेग्मी, खनाल, पोख्रेल, अधिकारीलगायतले देवाली सम्पन्न गरेका छन। खबाडमा घर्ती, पुन. टोमटा, परियार, सुनार र नेपालीले देवाली पर्व सम्पन्न गरिसकेका छन्। खबाङमा यस वर्ष सबै थरका जातजातिले एकै थलोमा भुमेपूजा भन्दै देवाली पर्व सम्पन्न गरिसकेको स्थानीयले बताएका छन ।
देवाली आफन्तबिच भेटघाट र आशीर्वाद थाप्ने पर्व पनि हो। यो पर्वमा देशविदेशमा छरिएर रहेका दाजुभाइ जन्मभूमिमा भेला भई आफ्नो कुलको पूजा गर्छन्। यहाँ झन्डै पाँच सय बोका र कखुराको बलि दिइएको स्थानीय ईश्वर थापाले बताउनुभयो। सयौं धामी देखिने लुडखोलाको देवाली पर्व जिल्लाभरि नै प्रसिद्ध छ। यस्तै गौमुखी क्षेत्रमा पनि भुमेपूजासहित देवाली सम्पन्न भएको स्थानीयले बताएका छन् । जिल्लामा हुने भण्डारीहरूको लुप्लुडको देवाली, लुडको रिजाल, केसी बन्धुको देवाली पनि जिल्लामा निकै लोकप्रिय मानिन्छन् । लुप्लुङलाई भण्डारीहरूको उद्गम स्थल मानिने भएकाले उनीहरूका लागि यो ठाउँ महत्त्वपर्ण मानिन्छ। जिल्लामा लम्छ्याङ, लुङ, लुप्लुङ, भिङ्गृ. खैरा, पाण्डेडॉँडा, खैराको बस्नेत परिवारको देवाली सबैभन्दा बढी धामी हुने र बोकाको बलि चढाईने देवालीमा मानिन्छ। यहाँ देवालीलाई विभिन्न थर अनुसार कुलपूजा, मष्टापूजा, वराहपूजा भन्ने गरिन्छ।
मुख्यतया वैशाख पूर्णिमा, वैशाख चतुर्दशी, ज्येष्ठ पूर्णिमा एकादशी, द्वादशी, मार्ग अप्टमी र पूर्णिमा, पौष पूर्णिमा, भाद्र अनन्ते चतुर्दशी र भाद्र पूर्णिमाको सेरोफरोमा पनि विशेष पूजा गरिन्छ।
प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
Advertisement
तपाईको प्रतिक्रिया