प्युठान ।नेपाली कांग्रेसले प्यूठानका दुवै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट प्रदेशसभा क्षेत्र (क) को सभापतिमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ। ऐरावती गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका शाहले २६८ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभएको हो।
शाहका निकटतम प्रतिस्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ र नेत्रमणि पोखरेलले ७३ मत प्राप्त गर्नुभयो। कुल ४६८ मत खसेकोमा १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यसैगरी, प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा चन्द्रलाल न्यौपाने निर्विरोध चयन हुनुभएको छ।
Advertisement