• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । भोटेकोशी बाढीका कारण त्रिशूली नदीका पुल बगेपछि स्वास्थ्य सेवामा पहुँच कठिन भएका नागरिकलाई लक्षित गर्दै बागमती प्रदेश सरकारले नुवाकोटको विदुरमा आकस्मिक तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ।
    विदुर नगरपालिका–स्थित पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका केही कोठा व्यवस्थापन गरी चार शय्याको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो। बिहीबार प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले केन्द्रको शुभारम्भ गरे।
    प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा सञ्चालनमा आएको केन्द्रबाट आकस्मिक, बहिरङ्ग, प्रसूति तथा भिडियो परामर्श सेवा उपलब्ध हुने जनाइएको छ।
    केन्द्र उद्घाटन गर्दै मुख्यमन्त्री थापाले विपद्का कारण नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन स्थानीयस्तरमै स्वास्थ्य सेवा सुरु गरिएको बताए।
    ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ।’
    पुल बगेपछि प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य केन्द्रसँगै भिडियो परामर्श सेवा पनि सुरु गरिएको उनले बताए।
    मुख्यमन्त्री थापाले स्वास्थ्य केन्द्रमा औषधि, उपकरण र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए। आवश्यक परे अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी खटाउने र त्यतिले नपुगे करारमा जनशक्ति नियुक्त गर्न बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ।
    भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि विदुर, बेलकोटगढीलगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पताल पुग्न कठिन भएको छ। सडक तथा पुलको पहुँच अवरुद्ध हुँदा सामान्य उपचारका लागि समेत काठमाडौं पुग्नुपर्ने अवस्था आएको थियो।
    पाँच ठाउँमा झोलुङ्गे पुल
    स्वास्थ्य सेवा सञ्चालनसँगै बाढीका कारण विच्छेद भएको सडक तथा पुलको सम्पर्क तत्काल पुनर्स्थापना गर्ने योजना पनि प्रदेश सरकारले अघि सारेको छ।
    मुख्यमन्त्री थापाले रसुवादेखि नुवाकोटसम्म अति आवश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए। त्यसका लागि छोटो अवधिको बोलपत्र आह्वान गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइसकेको उनले बताए।
    यस्तै, प्रदेश सरकारसँग रहेका ५०–५० मिटर लम्बाइका दुईवटा बेलिब्रिज एक साताभित्र जडानका लागि तयार हुने उनले जानकारी दिए। स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता तथा प्राथमिकताका आधारमा ती बेलिब्रिज दुई स्थानमा जडान गरिने उनको भनाइ छ।
    नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
    ‘तत्कालका लागि अस्थायी पुलबाट यातायात सम्पर्क जोड्ने र दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको अध्ययनसमेत अघि बढाउँछौँ,’ मुख्यमन्त्री थापाले भने।
    पुल निर्माण नभएका स्थानमा वैकल्पिक सडक खोल्ने कामसमेत अघि बढाइएको उनले बताए।
    कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा लगायतको उपस्थिति थियो।

    Advertisement

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation