• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • काठमाडौं । भोटेकोशी बाढीका कारण त्रिशूली नदीका पुल बगेपछि स्वास्थ्य सेवामा पहुँच कठिन भएका नागरिकलाई लक्षित गर्दै बागमती प्रदेश सरकारले नुवाकोटको विदुरमा आकस्मिक तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ।
    विदुर नगरपालिका–स्थित पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका केही कोठा व्यवस्थापन गरी चार शय्याको स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो। बिहीबार प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले केन्द्रको शुभारम्भ गरे।
    प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा सञ्चालनमा आएको केन्द्रबाट आकस्मिक, बहिरङ्ग, प्रसूति तथा भिडियो परामर्श सेवा उपलब्ध हुने जनाइएको छ।
    केन्द्र उद्घाटन गर्दै मुख्यमन्त्री थापाले विपद्का कारण नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन स्थानीयस्तरमै स्वास्थ्य सेवा सुरु गरिएको बताए।
    ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ।’
    पुल बगेपछि प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य केन्द्रसँगै भिडियो परामर्श सेवा पनि सुरु गरिएको उनले बताए।
    मुख्यमन्त्री थापाले स्वास्थ्य केन्द्रमा औषधि, उपकरण र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए। आवश्यक परे अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी खटाउने र त्यतिले नपुगे करारमा जनशक्ति नियुक्त गर्न बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ।
    भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि विदुर, बेलकोटगढीलगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पताल पुग्न कठिन भएको छ। सडक तथा पुलको पहुँच अवरुद्ध हुँदा सामान्य उपचारका लागि समेत काठमाडौं पुग्नुपर्ने अवस्था आएको थियो।
    पाँच ठाउँमा झोलुङ्गे पुल
    स्वास्थ्य सेवा सञ्चालनसँगै बाढीका कारण विच्छेद भएको सडक तथा पुलको सम्पर्क तत्काल पुनर्स्थापना गर्ने योजना पनि प्रदेश सरकारले अघि सारेको छ।
    मुख्यमन्त्री थापाले रसुवादेखि नुवाकोटसम्म अति आवश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए। त्यसका लागि छोटो अवधिको बोलपत्र आह्वान गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइसकेको उनले बताए।
    यस्तै, प्रदेश सरकारसँग रहेका ५०–५० मिटर लम्बाइका दुईवटा बेलिब्रिज एक साताभित्र जडानका लागि तयार हुने उनले जानकारी दिए। स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता तथा प्राथमिकताका आधारमा ती बेलिब्रिज दुई स्थानमा जडान गरिने उनको भनाइ छ।
    नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
    ‘तत्कालका लागि अस्थायी पुलबाट यातायात सम्पर्क जोड्ने र दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको अध्ययनसमेत अघि बढाउँछौँ,’ मुख्यमन्त्री थापाले भने।
    पुल निर्माण नभएका स्थानमा वैकल्पिक सडक खोल्ने कामसमेत अघि बढाइएको उनले बताए।
    कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा लगायतको उपस्थिति थियो।

    Advertisement

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation