पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३, भैसकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।
अविरल वर्षासँगै शनिबार राति आएको पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती, १७ वर्षीया दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती बेपत्ता भएका थिए।बिहानदेखि सुरक्षाकर्मी र स्थानीयवासीसहितको टोलीले खोजी गर्दा आइतबार बिहान ११ बजे लिलबहादुर घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।त्यसैगरी दिउँसो पौने १ बजे दिना घर्ती मगर र झरना घर्तीको शव पनि पहिरोको लेदोबाट निकालिएको प्रहरीले जनाएको छ।तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यससँगै पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि रिब्दीकोट गाउँपालिका–६ की एक महिला र माथागढी गाउँपालिका–२ का एक पुरुषको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया