• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं। मिलन शाह-शंकरको उपन्यास कृति ‘कर्ना’ लोकार्पण गरिएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच उक्त कृति लोकार्पण गरिएको हो ।
    प्रमुख अतिथि प्राडा.इतिहासविद सुरेन्द्र केसी, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । सो अवरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह-शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो ।
    सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह-शंकरलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
    स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताउनुभयो । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पार्नुभएको थियो । पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताउनुभयो । समाजमा जगडिएर रहेको जातिय छुवाछूतका विषयलाई पनि कृतिले उजागर गरेको उहाँले सुनाउनुभयो । जातीय छु्वाछूत समाजको एक कंलक रहेको र यो दलितभित्र पनि रहेकाले यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पुस्तक एकदमै राम्रो रहेको बताउँदै सबैले पढन आग्रह पनि गर्नुभयो ।
    मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको बताउनुभयो । उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर गर्नुभयो । प्राडा.केसीले आमा कमला फाउण्डेशनका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
    सो अवसरमा पुस्तक प्रकाशन गर्न विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्ति, संघ संस्था र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । मिलाप पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।

    Advertisement

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन
    जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग
    क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन
    `प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation