• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ४. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ५. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ६. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ७. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ८. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ९. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • १०. बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • कोहलपुर । ४४औँ वीपी स्मृति दिवसका अवसरमा कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, बहस र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
    ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा सम्पन्न ‘लेखक, साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटरले सूचना प्रविधिको विस्तारसँगै पठन संस्कृतिलाई जोगाउनु पुस्तकालयका लागि चुनौतीपूर्ण बनेको बताए।
    उनले पुस्तकालयले नागरिकमा जिज्ञासा, प्रश्न गर्ने संस्कार र ज्ञानप्रतिको अभिरुचि विकास गर्नुपर्ने उल्लेख गर्दै पुस्तकालयलाई वैचारिक संवाद र ज्ञान उत्पादनको केन्द्रका रूपमा संस्थागत गर्नुपर्ने धारणा राखे। ज्ञान र सत्ताबीचको संघर्षमा पुस्तकालय पनि महत्वपूर्ण ‘ज्ञान–युद्धस्थल’ भएको उनको भनाइ थियो।
    कार्यक्रममा डा. खोपीराम वली क्षेत्रीले ‘वीपी कोइरालाको साहित्यिक योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वीपीका कृतिमा प्रगतिशील चेतना सशक्त रूपमा अभिव्यक्त भएको बताए। उनले तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमायालाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्दै वीपीलाई प्रगतिशील दृष्टिकोणबाट पनि मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरे।
    नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य महानन्द ढकालले ज्ञानको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि पुस्तकालय अपरिहार्य माध्यम भएको बताए। प्रलेसका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिनाले वीपीलाई राजनीतिक परिवर्तनका संवाहक र साहित्यमा मनोवैज्ञानिक गहिराइ प्रस्तुत गर्ने सशक्त आख्यानकारका रूपमा व्याख्या गर्दै साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक रहेको उल्लेख गरे।
    कार्यक्रमका अध्यक्ष तथा ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य राख्दै वीपीको साहित्यिक योगदान स्मरण गरेका थिए। समापनका क्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले विद्यालय, कलेज, लेखक र समुदायको अपनत्वबिना पुस्तकालयलाई जीवन्त बनाउन नसकिने बताए।
    कार्यक्रममा बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, पत्रकार जे. पाण्डेलगायतले पनि धारणा राखेका थिए।
    वक्ताहरूले बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारको आधार तथा समाजको बौद्धिक, सांस्कृतिक र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा सुदृढ बनाउनुपर्ने साझा निष्कर्ष व्यक्त गरेका थिए।
    बाँके–बर्दिया क्षेत्रका साहित्यकार, पुस्तकालयकर्मी, समाजसेवी र सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन ज्ञानोदय सामुदायिक पुस्तकालयका सहसचिव ईश्वर शर्माले गरेका थिए।

    Advertisement

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ४.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ५.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ६.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...