काठमाडौं — प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई चयन भएका छन्। केन्द्रको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कलंकीमा सम्पन्न अधिवेशनबाट गोविन्द पाण्डे उपाध्यक्ष, अस्मिता केसी सचिव र अमित सिंह कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। कार्यसमिति सदस्यमा चन्द्र आचार्य, रिमा केसी र लीला शर्मालगायत छन्।
सभाले केन्द्रको सल्लाहकार समितिसमेत चयन गरेको छ। सल्लाहकारमा सूर्य थापा, हरिहर शर्मा, डा. गोपिन्द्र पौडेल, नवराज सुवेदी, डिल्लीराज आचार्य, हुकुमबहादुर सिंह र मुकुन्दराज शर्मा छन्।
केन्द्रका अध्यक्ष भावेश भुमरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विजयराज आचार्यले सञ्चालन गरेका थिए।
नवनिर्वाचित अध्यक्ष भट्टराईले केन्द्रका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
Advertisement
तपाईको प्रतिक्रिया