दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार बिहान ६ बजतिर घोराहीदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका १६ सर्रा चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
मृत्यु हुनेमा रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ का २१ वर्षीय विवेक पुन र सोही ठाउँका २४ वर्षीय निरज भण्डारी रहेको मल्लले बताए ।
तीव्र गतिका कारण मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
मृतक दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Advertisement