काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
Advertisement
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी राहत र उद्धारका लागि ५० लाख दिने निर्णय भएको जानकारी गराएका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १३० बढीको ज्यान गएको छ । सयौं घाइते भएका छन् ।