अनिल नेपाली, अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्जिव सीले नेपालमा रहेका कम्युनिस्ट शक्तीलाई कम्जोर बनाउन विदेशीहरु लागिरहेको बताएका छन।
शनिबार नेकपा अर्घाखाँचीको छैठौ पुर्ण बैठकलाई सन्धिखर्कमा सम्वोधन गदै नेता सन्जिवले केही नेता र सामाजिक अभियान्तालाई अमेरिकाले प्रतिनिधि बनाएर खटाएको र उनिहरु निरन्तर नेपालको कम्युनिस्टलाई कम्जोर बनाउन लागिरहेको बताएका हुन।
जनमत पार्टीका डा सिके राउत र राष्ट्रीय स्वतन्त्र पार्टिक सभापति रवि लामिछाने र सामाजिक अभियान्ताहरुले अमेरिकाको प्रतिनिधिको रुपमा काम गरिरहेको नेता सन्जिबले आरोप लगाए।
लुम्विनी पश्चिम व्युरो ईन्चार्ज समेत रहेका उनले राउत र लामिछाने नेपाली जनताको प्रतिनिधि नभई नेपालमा राजनीतिक अस्थिरता ल्याउन अमेरिकाले खडा गरेको प्रतिनिधि पात्र भएको ठोकुवा गरे । नेता सन्जिवले अमेरिकी साम्राज्यवाद नेपालभित्र विभिन्न रुपबाट प्रवेश गर्न खोजिरहेको र त्यसमध्ये जनमत र रास्वपा पार्टी भएको बताए ।
उनले भने, ‘अमेरिकाले नेपालभित्र आफ्नो साम्राज्य बलियो बनाएर प्रभुत्व जमाउन रवि लामिछाने,सिके राउत र अभियान्ताहरुलाई अगाडि सारेको छ । देशभित्र यस्ता थुप्रै प्रतिनिधिहरु छन् ।’
विकासका नाममा अमेरिकाले एमसीसी र एसपीपी लगायतका योजना नेपालभित्र लागू गराउन खोजेको बताउदै पोलिटव्युरो सदस्य सन्जिवले यसलाई रोक्न नेकपाले सशक्त रुपमा प्रतिकार गर्ने बताए ।
कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज माहुरीले नेपालमा बास्तविक कम्युनिस्टको आफ्नो पार्टी रहेकोले देश जनताका हित विपरीत हुने हरेक कार्यमा नेकपाले विरोध गर्ने बताए ।
कम्युनिस्ट कमजोर बनाउन विदेशी लागि परे : नेता सन्जिव
कम्युनिस्ट कमजोर बनाउन विदेशी लागि परे : नेता सन्जिव

Advertisement
तपाईको प्रतिक्रिया