• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्रेम गाहाले परराष्ट्रमा बुझाए आफू अध्यक्षमा निर्वाचित भएको कार्यसमितिको अभिलेख


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • शिव सुवेदी,काठमाडौ । गैरआवासीय नेपाली संघ बेलायतकाे अध्यक्षमा प्रेम गाहा मगर आफू निर्वाचित भएकाे दावी गरेका छन । २० हजार ७ सय ७ जना सदस्यको म्यान्डेटसहित आफू अध्यक्ष पदमा पुनः निर्वाचित भएको दावी गर्दै उनले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएका छन् ।  अध्यक्ष प्रेम गाहाले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर एक घण्टा लामाे छलफल गर्दै गत जुलाई २१ र २२ मा सम्पन्न एनआरएनए युकेको ११ औं राष्ट्रिय महाधिवेशनबाट आफू २० हजार ७ सय ७ जना सदस्यको म्यान्डेट प्राप्त गरी अध्यक्ष पदमा पुनः निर्वाचित भएको जानकारीसहित सम्पूर्ण कार्यसमितिको विवरण मन्त्रीलाई वुझाएका हुन । उनले मन्त्रीलाई गैरआवासीय नेपाली संघ बेलायतका केही व्यक्तिहरुले छुट्टै भेला आयोजना गरेको र त्यसबाट चार हजार एक सय हाराहारी मत प्राप्त गरी हितकाजी गुरुङ र उनको टिम निर्वाचित भएको सुन्नमा आएको भन्दै उक्त कार्यप्रति आफ्नो नेतृत्वको कार्यसमितिले गम्भीर आपत्ति जनाएको पनि सिंहदरबारमा अवगत गराएका थिए ।  गैरआवासीय नेपाली संघ बेलायतको विधान, २००५ को धारा ३५ मा गणपूरक संख्याको विषयमा उल्लेख छ । उक्त धाराको उपधारा (१) मा राष्ट्रिय समन्वय परिषद्,राज्य समन्वय परिषद्, विभिन्न विभाग वा समितिका बैठकहरुको गणपूरक संख्या अध्यक्षबाहेक ५० प्रतिशतलाई मानिनेछ भन्ने’ व्यवस्था रहेकोमा सोही धाराको उपधारा (२) मा पूर्ण बैठक, राष्ट्रिय महाधिवेशन, संघसंस्था प्रतिनिधिसभा, र राज्य अधिवेशनको हकमा पहिलो पटक अध्यक्षबाहेक ५० प्रतिशत र पहिलो पल्ट गणपूरक संख्या नपुगी दोस्रो पल्ट बैठक बस्नुपरे एक तिहाई संख्यालाई गणपूरक मानिने व्यवस्था गरिएको छ । त्यसै उपधारा (३) मा ‘गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय महाधिवेशन वा संघसंस्था प्रतिनिधि सभा वा राज्य अधिवेशन वा राष्ट्रिय समन्वय परिषद् वा राज्य समन्वय परिषद् वा विभिन्न विभागहरुको बैठकमा प्रस्तुत विषयउपर प्रजातान्त्रिक ढंगले छलफल गरी सर्वसम्मतिले निर्णय गरिनेछ । सर्वसम्मत हुन नसके बहुमतले निर्णय गरिनेछ । बहुमतको निर्णयलाई बैठकको निर्णय मानिनेछ भन्ने व्यवस्थाविरुद्ध जम्मा सदस्य संख्याको मात्र चार हजार एक सय मत प्राप्त गर्ने व्यक्ति वैधानिक हुन सक्दैन’ भन्ने व्यहोरा मन्त्रालयमा बुझाइएको पत्रमा उल्लेख छ । साथै गैरआवासीय नेपाली संघको विधान, २००३ को धारा २३ (११) मा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवार बन्न राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य वा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनु पर्नेछ भन्ने व्यवस्था रहेको जनाउँदै गाहामगरले गैरआवासीय नेपाली संघ बेलायत, २००५ को विधानको धारा ३२ (६) मा राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल राष्ट्रिय समन्वय परिषदमा कार्य गरेको हुनु पर्नेछ भन्ने रहेकाले हितकाजी गुरुङ सन् २०२१ देखि २०२३ सम्मको कार्यसमितिको कार्यकालमा गैरआवासीय नेपाली संघ बेलायतको मनोनीत सदस्यसम्म रहेको जानकारी पनि दिइएको छ । यता छुट्टै भेला गरि अध्यक्षकाे दावी गरेका अर्का हितकाजि गुरुङ मनोनित सदस्य सम्म रहेको तर निजले राष्ट्रिय समन्वय परिषदबाट शपथ ग्रहण पनि नगरेको  र उक्त कार्यकालयमा परिषद्को कुनै पनि बैठक निर्णयमा सहभागिता पनि नजनाएको हुँदा निज हितकाजी गुरुङ अध्यक्ष पदको अयोग्य उमेद्वार निर्वाचित हुन नसक्ने जानकारी दिइएको छ । हितकाजी गुरुङ र उनको समूह समाज विभाजनतिर लागेको कदम प्रति समस्त बेलायती नेपाली समुदायको तीव्र असन्तुष्टि र विरोध रहेको समेत गाहामगरले जानकारी गराएका छन् । उनले जन अनुमोदित आफ्नो कार्यसमितिलाई अभिलेख एवं आधिकारिकता प्रदान गरी समाजमा विद्यमान भ्रम निवारण गरिदिन पनि मन्त्रीसमक्ष निवेदन पेश गरेका छन् । उक्त पत्रको वोधार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई पनि दिइएको छ।

    Advertisement

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ४.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ६.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ७.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ८.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...