कामनाडेली, प्युठान। प्युठानमा नेकपा एमाले निकट जनसंगठनहरूले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।
उनीहरुले सोमबार प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै स्थानिय तह निर्वाचन संविधान बमोजिम गर्न माग गरेका हुन् ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ बैशाखमा समाप्त हुने भएकोले कार्यकाल पूरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने ७५३ वटा स्थानीय सरकारको वैशाखपछि कार्य अवधि सकिएर शून्यता आउने स्मरण गराएको छ।
Advertisement
एमालेनिकट अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, नेपाल राष्ट्रीय उद्योगी ब्यबसायी महासंघ लगायत ८ वटा जनसंगठनले ज्ञापनपत्र बुझाएका हुन।