प्यूठानमा संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

सलिम अन्सारी, प्यूठान। प्यूठानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिदै आएकोमा अब महिला सैनिक पनि खटिन थालेका छन् । प्यूठानको खलगांस्थित इन्द्रध्वज गणले आईतबार पहिलो पटक उपसेनानी बुद्वलक्षमी श्रेष्ठको नेतृत्वमा पाच जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।
उपसेनानी श्रेष्ठको नेतृत्वमा खटिएका महिला सैनिकले जिल्लास्तरिय आईसोलेशन केन्द्र विजुवारमा मृत्यु भएकी प्यूठान नगरपालिका -३ निबासी एक ६६ बर्षीया महिलाको शव झिमरुक नदिमा हिन्दु परम्पराअनुसार व्यवस्थापन गरिएको गणपति, प्रमुख सेनानी अर्जुन बिक्रम थापाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव संभव भएसम्म मृतकको सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन हुन्छ।’

प्यूठानमा आजसम्म मृत्यु भएका ४८ मध्ये १८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको गणले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...