• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती


  •   आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ। तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्।

    Advertisement

    भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन्। भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन्। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ।

    हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ। तर कोरोना संक्रमणबाट मृत्युदर बढ्न थालेपछि यी दुई युवती पनि शव व्यवस्थापनमा जुटेका हुन्। उनीहरू दुवैजना आरएनए १६ का सदस्य पनि हुन्।

    नेपाली सेनासँग आरएनए समूह शव व्यवस्थापनमा स्वयंसेवकका रूपमा खटिरहेको छ। खास शव व्यवस्थापनको काम मेडिकलसम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीले गर्नुपर्ने हो। तर अहिले स्वास्थ्यकर्मी बिरामीको उपचारमै व्यस्त भएकाले शव व्यवस्थापनसम्बन्धी तालिम लिएका र ज्ञान भएका उनीहरू यो काममा जुटेका छन्।

    पिपिई लगाएर कोरोनाबाट मृत्यु भएकाको शव राम्रोसँग र्‍यापिट गर्ने गर्छन् उनीहरू। स्वयंसेवकका रूपमा भक्तपुर अस्पतालमा २४सै घण्टा सेवाका लागि बसेका हुन्छन् र उनीहरूले राति बस्नका लागि त्यहाँ टेन्ट पनि बनाएका छन्। अघिल्ला वर्षमा पनि उनीहरू यसरी नै निःस्वार्थ सेवामा लागेका थिए यही कामका लागि। तर त्यो बेला शव व्यवस्थापनमा भने जुटेका थिएनन्। यसबाहेकका काममा उनीहरू खटिएका थिए। तर यो वर्ष उनीहरू अस्पतालमा मात्र होइन, आवश्यक परे घरघरमा समेत शव व्यवस्थापनमा जाने गरेका छन्।

    पुनम कर्माचार्य भन्छिन्, ‘अहिले दिनदिनै कोरोना संक्रमितको मृत्यु बढेको छ। यसकारण हामी शव व्यवस्थापनमा लाग्न थालेका हौं।’ भक्तपुरमै मात्र दिनको ७÷८ जना संक्रमितको मृत्यु हुने गरेको र शव व्यवस्थापन गर्ने कामको बोझ बढेकाले आफूहरू पनि जुटेका पुनम बताउँछिन्। अहिलेसम्म सात जना कोरोना संक्रमितको शव व्यवस्थानमा जुटिसकेको उनले बताइन्।

    अर्की युवती जिया जोशीले मिलेर शव व्यवस्थापनमा लागेको जनाइन्। शव व्यवस्थापनमा कमसेकम दुईजना चाहिने उनले बताइन्। अहिलेसम्म आफूले दुई जनाको शव व्यवस्थापन गरेको उनले जनाइन्। एक जनाको शव व्यवस्थापन गर्न लगभग आधा घण्टा समय लाग्ने उनी सुनाउँछिन्।

    उनीहरू दुवैजनाले स्वेच्छाले सामाजिक सेवामा लागिपरेको बताए। कोरोनाको पहिलो लहरदेखि नै कोरोनासम्बन्धी जनचेतनामूलक काम गरिरहेका उनीहरू कोरोना संक्रमितको लहर कम भएको बेलामा पनि ठाउँठाउँमा पुगेर शव व्यवस्थापनबारे तालिम लिँदै आएका थिए। तर अहिले उनीहरू तालिम अनुसार शव व्यवस्थापनमै जुटेका छन्। ‘पहिला तालिम गरेका बेला नक्कली शव राखेर तालिम लिएका थियौं,’ अहिले वास्तविक शव व्यवस्थापनमा लागिरहेका छौं,’ उनीहरूले नागरिकलाई भने।

    आरएनए समूहका संयोजक अरूण सैंजुले कोरोनाको दोस्रो लहरमा आरएनए १६ टिमका ५६ जनाको समूह स्वयंसेवकका रूपमा लागिरहेको बताए। अहिले भक्तपुरको शव व्यवस्थापनको काम आफूहरूले नेपाली सेनाको समन्वयमा गरिरहेको उनले जनाए। उनले अहिले टिममा सक्रिय रूपमा ११ जना लागिपरेको बताए। त्यसमा चार जना युवतीमध्ये दुई जना शव व्यवस्थापनमा जुटेको बताए। ‘पुनम कर्माचार्य र जिया जोशी अहिले हामीसँगसँगै शव व्यवस्थापनमा अग्रसर भएर काम गरिरहेका छन्,’ उनले भने। कृष्ण किसीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation