• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा


  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
  • नुवाकोट — बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी–६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ। पुलमा जाली राख्ने काम पूरा भएपछि दुई दिनभित्र आवतजावतसमेत सञ्चालनमा आउने जनाइएको छ।

    Advertisement

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट प्राविधिक टोली खटाएर पुलमा बटारिएको लट्ठा सिध्याउने, Sag Setting, ह्यान्डरेल केबल परिवर्तन तथा नयाँ स्टिल डेक र बीम जडान गर्ने काम गरिएको हो।

    गत बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लामा क्षतिग्रस्त भएका झोलुङ्गे पुल तथा आवतजावतका वैकल्पिक संरचनाको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिइएको छ।

    ४ वटा तुइन सञ्चालनमा

    बाढीपछि हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा ल्याइएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको छ।
    थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटाइएको छ।
    त्यस्तै गोसाइँकुण्ड गाउँपालिका–३ र ४ जोड्ने स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया परेकाले सुरक्षित स्थान पहिचान गरी तुइन जडान गर्नुपर्ने भएको छ। रसुवाको रुङ्गामा भने स्थलगत निरीक्षण (रेकी) भइरहेको छ।

    १३ वटा झोलुङ्गे पुल मर्मतको चरणमा

    बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ।
    मर्मत भइरहेका पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थान झोलुङ्गे पुल, सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने मालिङ्गा–मझुवाटार दोभान पुल, गल्छी–१ र ६ जोड्ने महेशदोभान मास्टर पुल, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने केउरेनी–गहते पुल रहेका छन्।
    त्यस्तै बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार–जागाराम, गल्छी–२ र ४ का चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया तथा महादेवस्थान झोलुङ्गे पुलको मर्मत भइरहेको छ।
    गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे पुल, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोस्रेटार पुल, बेलकोटगढी–८ को जिलिङ पुल तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने धवादीघाट पुल पनि मर्मतको चरणमा छन्।

    थप ७ पुलको मर्मत सुरु

    बाढीबाट क्षतिग्रस्त बाँकी सात वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। त्यसका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया पूरा गरिएको जनाइएको छ।
    झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको व्यवस्थापनअन्तर्गत पहिलो चरणमा आवश्यक सामग्री खरिद भइसकेको छ भने दोस्रो चरणका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न सम्झौता भएको छ।

    पूर्ण क्षति भएका ३३ पुल पुनर्निर्माण हुँदै

    बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारी पनि अघि बढाइएको छ। ती पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
    बाढीपछि पुल तथा वैकल्पिक आवतजावतका संरचना क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत प्रभावित भएको थियो। त्यसलाई सहज बनाउन तत्कालीन रूपमा तुइन निर्माण तथा सञ्चालनसँगै क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत र पूर्ण रूपमा क्षति भएका पुलको पुनर्निर्माणलाई अघि बढाइएको हो।

    सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • २.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ३.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ६.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ७.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ८.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation