काठमाडौँ । निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेरिएको छ । सन्ध्या तिवारी अध्यक्ष भएको एमालेले आफ्नो नाम परिवर्तन गरेको हो । केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको पार्टी महासचिव मनीष उपाध्यायले जानकारी दिनुभयो ।
Advertisement
सोही निर्णयानुसार आज आयोगमा पार्टीको नाम दर्ता गरिएको उहाँले बताउनुभयो । आयोगले दिएको अवधिमै उनीहरुले नयाँ नाम प्रस्ताव गर्दै आयोगमा दर्ता गरेका छन् । तर आयोगले भने अन्तिम निर्णय गर्न बाँकी रहेको छ । पार्टीको चुनाव चिन्ह भने यथावत राख्दै पहाडबाट उदाउदो सुर्य नै राखिएको छ ।