• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार


  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा। सधैँ मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा देखिने कलाकारहरु पछिल्लो समय दिन, दुखी, असहाय, फरक क्षमताका व्यक्तिहरु माझ पनि देखिन थालेका छन् । पाल्पाको कला संस्कृतिको संरक्षणमा क्रियाशिल पाल्पाली कलाकारहरुले यति बेला फरक क्षमताका व्यक्तिहरु, वृद्धवृद्धा र असहायहरुलाई भेटेरै सहयोग गर्दै आएका हुन् ।

    Advertisement

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले आफ्नो स्थापना दिवस पारेर सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन– ७ का फरक क्षमताका विद्यार्थीसँग एक छाक खाना सहित विशेष कार्यक्रमको आयोजना गरेको छ । कलाकारहरुले केन्द्रमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुसँगै बसेर खाना खानुको साथै दोहोरी गीत समेत गाएका छन् । विद्यार्थी र कलाकारहरु बिच दोहोरी समेत चलेको थियो । पाल्पाली कलाकारहरु रेखा विष्ट, ममता कोइराला, कमल भट्टराई, अनु खनाल, विजय बम्डेल, तिर्सना थापा, सुमित कुंवर, अनु गोतामे, रामचन्द्र थापा, धनि खाम्चा लगायतले विद्यार्थीहरुसँग दोहोरी गाएर रमाएका थिए ।

    कलाकार र फरक क्षमताका व्यक्तिहरु बिचको सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रेखा विष्टले बताईन् । उनले फरक क्षमता (दृष्टिविहिन, शारिरीक अपाङ्गता) का व्यक्तिहरुमा पनि विलक्ष्ण प्रतिभा लुकेको हुने भन्दै त्यस्ता व्यक्तिहरुलाई सम्मान र हौसला प्रदान गर्नुपर्ने बताईन् । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले फरक क्षमताका व्यक्तिहरुको सम्मानमा प्रष्ठिानले देखाएको सद्भावको प्रशंसा गरे । उनले समाजमा अझै पनि फरक क्षमताका व्यक्ति, वृद्धवृद्धा, असहाय, र दिनदुखीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै प्रतिष्ठानले गरेको कार्यक्रम अनुकरणीय रहेको बताए । रायमाझीले आगामी दिनहरुमा पनि लोक संस्कृतिको संरक्षणसँगै सामाजिक र रचनात्मक कार्य गर्न प्रतिष्ठानलाई आग्रह गरे ।

    कार्यक्रममा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका व्यवस्थापक सन्दिप भट्टराईले फरक क्षमताका विद्यार्थीहरुलाई प्रतिष्ठानले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले सबैको सहयोग र स्दभावले नै अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार र शिक्षित बनाउने उद्देश्यले २०६७ सालमा केन्द्र स्थापना गरी काम गर्दै आएको बताए । सोही अवसरमा प्रतिष्ठानले फरक क्षमताका विद्यार्थीहरुका लागि नगद ६ हजार आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, कोषाध्यक्ष अनु खनालको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...