गणेश चौलागाई, काठमाडौं। चर्चित आधुनिक, लोक तथा दोहोरी गायीका पुर्णिमा तामाङलाई सम्मान गरिएको छ। राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय काठमान्डौको सोमबार सम्पन्न २०औ वार्षिक साधारण सभाको अवसरमा गायिका तामाङलाई सम्मान गरिएको हो ।
राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलयद्वारा मानार्थ सदस्यताको प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । सो अबसरमा गायिका तामाङले यो सम्मानले गीतसंगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गितसंगित क्षेत्रमा निरन्तर अघि बढिरहने भनाई राख्नु भयो ।
धादिङमा जन्मनु भएकी चर्चित गायिका तामाङ लामो समय देखि आधुनिक,लोक तथा दोहोरीको क्षेत्रमा सक्रीय हुनुहुन्छ। अहिले उहालाई गित गाउन भ्याई नभ्याई छ भने बिभिन्न संघ संस्थाबाट दैनिक सम्मान समेत पाईरहनुभएको छ । कलिलो उमेरमै गीत संगितको क्षेत्रमा होमिनुभएकी तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेको बताउनुभयो।
पुर्णिमाले गाएका हरेक गीतहरु करोड भ्युज सहित युटुबको उत्कृष्ट्र दश भित्र परेकाछन । पुर्णिमाले गाएका फुल भनौ जिन्दगीलाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गितहरु दर्शकहरुले अत्याधिक रुचाएका थिए । उहा हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा पुगेर उहाले आफ्नो प्रस्तुती समेत दिनुभएको छ। झन्डै आधा दर्जन भन्दा बढी संघ संस्था उतकृष्ट गायिकाको अवार्ड चुमिसक्नुभएको छ ।
कार्यक्रममा दोहा्री प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जी र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्षहरु र थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।