काठमाडौ। लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ ।
Advertisement
लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गए राती चावहिलस्थित ओम हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।
गायक बानियाँका तिम्रो ल्वाङ सुपारी रोइला भाका, दिनै र हो भरी सालैजो, यतिराम्रो झिल्के कौरा, लगायत पानमा सुपारी, जिन्दगी के छ र, एक्लै भएर, छैन जानु कहीँ, पोखरा फेवाताल लगायतका लोक गितहरु छन् । बानियाँ लामाे सयमदेखि मृगौलाको उपचार गराइरहेका थिए । उनको आजै आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएकाे छ ।