• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

बामदेव गौतमले व्युँताउन सक्छन् नेकपा एमाले


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो पक्ष आफूलाई दाबी गरेका उपाध्यक्ष बामदेव गौतमले एकीकरणलाई जोगाउने अभियान थालेका छन्।

    Advertisement

    देशव्यापी रुपमा उनले आफूनिकट र आफ्नो मतमा सहमति जनाउने नेकपा नेता कार्यकर्तासँग अनौपचारिक छलफल थालेका हुन्। विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल बराबर दोषी रहेको उनको ठम्याई छ। यदि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेको अवस्थामा भने दुई पक्षमा मात्र नेकपा विभाजन नभएर गौतमको अर्को समूह पनि बन्ने उनले बताइसकेका छन्।

    शुक्रबार बिहान खुमलटारमा प्रचण्डसँग भेट गरेका उनले उक्त समूहमा जान अस्वीकार गरेका छन् भने बालुवाटार गएका छैनन्। ‘तेस्रो पक्ष मै हुँ’ उनले राष्ट्रिय सभाको पहिलो बैठकमा सहभागी भएपछि दिएको प्रतिक्रियाले प्रष्ट बनाइसकेको छ।

    ‘म अर्को पक्षमा भएपछि कसरी दुईपक्षमात्र भयो? (पार्टीमा) तीन पक्ष भयो। मेरो कित्ता प्रष्ट छ। हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता। एक नम्बर, दुई नम्बर कित्ता विभाजनतिर छन्। तीन नम्बर कित्ता मिलाउनेतिर छ’, उनले भनेका थिए। सकभर नेकपा विभाजनमा नजाने अवस्थामा लैजाने आफ्नो अभियान रहेको र यदि त्यसो नभएको खण्डमा तेस्रो पक्षको छुट्टै पार्टी बन्न सक्ने उनले संकेत गरेका थिए।

    पार्टी विभाजनका लागि भएका विभिन्न बैठक र गुटमा सहभागी नभएका उनी भन्छन्,‘मिल्ने संभावना देख्या छु, नदेख्या भए त म लाग्दै लाग्ने थिइनँ। सबैलाई एउटा जिज्ञासाको विषय बनिरहेको छ म किन बोलिराखेको छैन। म यसरी चुप लाग्ने मानिस होइन। तर, म पार्टी एकता गर्ने एउटा प्रमुख व्यक्तिको हैसियतले लागिरहनुपर्छ भनेर अन्तिम बेलासम्म लाग्छु।’

    कम्युनिस्ट पार्टी विभाजनको पीडा आफूले बुझेको बताउँदै नमिलेको खण्डमा देशव्यापी रुपमा गौतमले जनताको बहुदलीय जनवादको नारालाई बलियो बनाउने तयारी पनि गरेका छन्। उनले सम्भवतः निर्वाचन आयोगमा दर्ता रहेको नेकपा एमालेलाई ब्युँताउने तयारी गरेका छन्।

    निर्वाचन आयोगले नेकपाको आधिकारिकता ओली पक्षलाई दिएको खण्डमा प्रचण्ड पक्षले नेकपा एमालेको छातामा जाने निर्णय गरेको छैन। प्रचण्ड पक्षले नेकपाको आधिकारिकता पाए पनि ओली पक्षले एमाले लैजान नसक्ने भएपछि गौतमले यस्तो तयारी थालेकोस्रोतले जनाएको छ।

    दैनिक नेपाल अनलाईनबाट 

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation