• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

बामदेव गौतमले व्युँताउन सक्छन् नेकपा एमाले


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो पक्ष आफूलाई दाबी गरेका उपाध्यक्ष बामदेव गौतमले एकीकरणलाई जोगाउने अभियान थालेका छन्।

    Advertisement

    देशव्यापी रुपमा उनले आफूनिकट र आफ्नो मतमा सहमति जनाउने नेकपा नेता कार्यकर्तासँग अनौपचारिक छलफल थालेका हुन्। विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल बराबर दोषी रहेको उनको ठम्याई छ। यदि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेको अवस्थामा भने दुई पक्षमा मात्र नेकपा विभाजन नभएर गौतमको अर्को समूह पनि बन्ने उनले बताइसकेका छन्।

    शुक्रबार बिहान खुमलटारमा प्रचण्डसँग भेट गरेका उनले उक्त समूहमा जान अस्वीकार गरेका छन् भने बालुवाटार गएका छैनन्। ‘तेस्रो पक्ष मै हुँ’ उनले राष्ट्रिय सभाको पहिलो बैठकमा सहभागी भएपछि दिएको प्रतिक्रियाले प्रष्ट बनाइसकेको छ।

    ‘म अर्को पक्षमा भएपछि कसरी दुईपक्षमात्र भयो? (पार्टीमा) तीन पक्ष भयो। मेरो कित्ता प्रष्ट छ। हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता। एक नम्बर, दुई नम्बर कित्ता विभाजनतिर छन्। तीन नम्बर कित्ता मिलाउनेतिर छ’, उनले भनेका थिए। सकभर नेकपा विभाजनमा नजाने अवस्थामा लैजाने आफ्नो अभियान रहेको र यदि त्यसो नभएको खण्डमा तेस्रो पक्षको छुट्टै पार्टी बन्न सक्ने उनले संकेत गरेका थिए।

    पार्टी विभाजनका लागि भएका विभिन्न बैठक र गुटमा सहभागी नभएका उनी भन्छन्,‘मिल्ने संभावना देख्या छु, नदेख्या भए त म लाग्दै लाग्ने थिइनँ। सबैलाई एउटा जिज्ञासाको विषय बनिरहेको छ म किन बोलिराखेको छैन। म यसरी चुप लाग्ने मानिस होइन। तर, म पार्टी एकता गर्ने एउटा प्रमुख व्यक्तिको हैसियतले लागिरहनुपर्छ भनेर अन्तिम बेलासम्म लाग्छु।’

    कम्युनिस्ट पार्टी विभाजनको पीडा आफूले बुझेको बताउँदै नमिलेको खण्डमा देशव्यापी रुपमा गौतमले जनताको बहुदलीय जनवादको नारालाई बलियो बनाउने तयारी पनि गरेका छन्। उनले सम्भवतः निर्वाचन आयोगमा दर्ता रहेको नेकपा एमालेलाई ब्युँताउने तयारी गरेका छन्।

    निर्वाचन आयोगले नेकपाको आधिकारिकता ओली पक्षलाई दिएको खण्डमा प्रचण्ड पक्षले नेकपा एमालेको छातामा जाने निर्णय गरेको छैन। प्रचण्ड पक्षले नेकपाको आधिकारिकता पाए पनि ओली पक्षले एमाले लैजान नसक्ने भएपछि गौतमले यस्तो तयारी थालेकोस्रोतले जनाएको छ।

    दैनिक नेपाल अनलाईनबाट 

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation