बर्दिया । बर्दियामा बाघको आक्रमण बाट २ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर—३ नेपाल —भारत सीमानामा पर्नै ८१ नम्बर पीलर नजीकै बेलझुण्डी सामाुदायीक वनमा च्याउ खोज्न जाने क्रममा पाटेबाघको आक्रमणमा परि मधुवन ३ धनौराका २९ बर्षिय दिनेश चौत्ररीको घटना स्थलमै मृत्यु भएको हो ।
विहानै वनमा गएको र अबेर सम्म दिनेश घर नआएपछि उनलाई खोज्न जाने क्रममा दिउँसो ३ बजे सोहि ठाँउका २६ बर्षिय रमेश चौधरीलाई पनी बाघले आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ । रमेशलाई बाघले आक्रमण गरेको खबर पाएपछि प्रहरी चौकी धनौरा र सशस्त्र प्रहरी टोली घटनास्थलमा पुग्दा बाघले आक्रमण गरि खादै गरेको अवस्थामा फेला परेका हुन । दुई महिना भित्र त्यस क्षेत्रमा पाटेबाघको आक्रमणमा परि एक महिला र ३ पुरुष गरि ४ जनाको मृत्यु भईसकेको छ ।
पटक —पटक बाघको आक्रमण गरि मान्छे मारेका कारण स्थानीय त्रसित वनेका छन्। बाघलाई नियन्त्रण गरि व्यवस्थापन गर्न स्थानीयको माग रहेको छ ।
बर्दियामा बाघको आक्रमण बाट २ जनाको मृत्यु
बर्दियामा बाघको आक्रमण बाट २ जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया